अभियान लघुवित्तको तिन प्रदेशमा एकै दिन १३ वटा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गणतन्त्रनेपाल समाचारदाता

काठमान्डौ,२९ माघ

काठमान्डौ अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामीण भेगका महिलालाई वित्तीय साक्षरता तालिम प्रदान गर्ने कार्यक्रम लाई तिब्रता दिएको छ ।

लघुवित्त को भुरीगाँउ अनुगमन कार्यालय मातहतका सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा सञ्चालित बिभिन्न १३ ओटा शाखा कार्यालयहरुको आयोजनामा १३ ठाउँमा संस्थामा आवद्ध महिला सदस्यहरुलाई वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान गरिएको छ ।

संस्थाले ‘पेवा बचत हाम्रो बचत’ भन्ने भन्ने नाराका साथ वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, सुर्खेत र दाङ जिल्ला बिभिन्न ग्रामिण इलाकाको बस्ती हरुमा एकै साथ सदस्य÷अभिभावक भेला गरि अनुगमन प्रमुख, शाखा प्रमुख एवम कर्मचारी बाट वित्तीय साक्षरता एवम जानचेतना मुलक कार्यक्रम सञ्चालन गरेकोे अनुगमन प्रमुख मधु सुदन निरौलाले जानकारी गराएका छन । यस किसिमको कार्यक्रमले लघुवित्त संस्था र समुदाय बिच सम्बन्ध अझ गाढा बनाउन सहयोग पुगेको छ । बर्तमान अवस्थामा सदस्यहरुको आर्थिक अवस्था सुधार गर्न ब्यवसाकि योजना निर्माण गर्न साथै लघुवित्तले दिने सेवा बिस्तार र सदस्यको चाहाना बमोजिम कार्यक्रम तथा निति निमार्णमा कार्यक्रमले सहयोग पुग्ने बताउनु भयो ।

अभियान लघुवित्त संस्था नेपाल राष्ट्र बैंक बाट इजाजत प्राप्त घ वर्ग राष्ट्रीय स्तरको लघुवित्त संस्था हो । यो संस्था केन्द्रिय बैक बाट मिति २०७६।०६।०१ बाट इजाजत प्राप्त गरि हाल देशभर ६० वटा शाखा मार्फत सेवा प्रदान गरिरहेको छ । यो संस्थाको केन्द्रिय कार्यालय काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ४, पनौतीमा रहेको छ ।

संस्थाको अनुगमन कार्यालयको सहजिकरणमा माघ २९ गते आईतवारका दिन कञ्चनपुरको पुर्नवास नपा ३, मोतीबस्तीमा शाखा कार्यालय आ.ई.बि.आर.डी.को आयोजनामा भएको कार्यक्रममा अनुगमन प्रमुख मधु सुदन निरौला र शाखा प्रमुख यशोदा सिंह थापाले प्रशिक्षण दिनु भएको थियो । शुक्लाफाँटा नपा १०, झलारीमा शाखा कार्यालय झलारीको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख श्याम प्रसाद जोशीले प्रशिक्षण दिनु भएको थियो । भिमदत्त नपा ११, झुजेला गाँउमा शाखा कार्यालय सुकासालको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख आकाश उपाध्यायले प्रशिक्षण दिनु भएको थियो । कैलाली जिल्लाको भजनी नपा १ भजनीमा भजनी शाखा कार्यालयको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख कविराज भट्टले प्रशिक्षण दिनु भएको छ । घोडाघोडी नपा ३, निम्दी, शाखा कार्यालय निम्दीको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख जनक शाहीले प्रशिक्षण दिनु भएको थियो । जानकी गा पा ९, कटासी र मुर्तिया गाँउमा शाखा कार्यालय अमरावतीको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख सत्यराज जोशीले प्रशिक्षण दिनु भएकोे थियो । गौरीगंगा नपा १, माघिगाँउमा, शाखा कार्यालय चौमालाको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख अन्तरा आचार्यले प्रशिक्षण दिनु भएको थियो । बर्दिया जिल्लाको बाँसगढी नपा ९, ठुमनीमा शाखा कार्यालय बासगढीको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख दुर्गालाल बिश्वकर्मा र जनक ताम्राकारले प्रशिक्षण दिनु भएको थियो । ठाकुरबाबा नपा १, भुरीगाँउमा शाखा कार्यालय भुरीगाँउको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख दिपक बहादुर बोहराले प्रशिक्षण दिनु भएको थियो । बाँके जिल्लाको कोहोलपुर नपा १४, हवलदारपुरमा शाखा कार्यालय हवलदारपुरको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख जनक बहादुर ताम्राकार र दुर्गालाल बिश्वकर्माले प्रशिक्षण दिनु भएको थियो, सुर्खेत जिल्लाको बिरेन्द्रनगर नपा १० सानो सुर्खेतमा शाखा कार्यालय बिरेन्द्रनगर धुस्रा को आयोजना भएको कार्यक्रममा शाखा प्रमुख शिवराज चौलागाईले प्रशिक्षण दिनु भएको थियो । साथै दाङ जिल्लाको दंगिशरण गा.पा.५, नौबस्तामा शाखा कार्यालय दंगिशरणको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख चन्द्र प्रसाद आचार्यले प्रशिक्षण दिनु भएको थियो । उत्त कार्यक्रमहरुमा एकै दिनमा करिव ६०० जना सदस्य तथा अभिभाकको सहभागिता रहेको जनाएको छ ।

यस अधि यसै अनुगमन कार्यालय अन्र्तगत कैलाली जिल्लाको गौरीगंगा नपा २, आमबगिया र कञ्चनपुर जिल्लाको पुनर्वास नपा ४ घ गाँउमा पनि माघ २७ र २८ मा अलग अलग कार्यक्रम सम्पन्न गरिएको थियो ।

मा प्रकाशित