राप्ती गाउँपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी सर्वाेदय मावि सिसहनिया लाई

तुल बहादुर कवँर मगर

भालुवाङ २९माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा सञ्चालित राप्ती गाउँपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी सर्वाेदय मावि सिसहनियाले हात पारेको छ ।

३ दिन सम्म सञ्चालित प्रतियोगितामा सर्वाेदय मावि सिसहनियाँ प्रथम, आदर्श नमुना मावि लालमटिया द्वितीय र शंकर मावि पिपरी तृतीय भएका छन् । यो जित सँगै सर्वाेदय मावि सिसहनियाले लगातार दोस्रो पटक जित हासिल गरेको हो । विजेता विद्यालयका खेलाडीहरूले यसै वर्ष जिल्लामा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाउने भएका छन् ।

विजेता खेलाडीहरुलाई राष्ट्रपति खेलकुद प्रतियोगिता कार्यक्रमका अध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका थिए । माघ २६ गते देखि २८ गते सम्म विभिन्न आठ भन्दा बढी खेल समावेश गरि खेलाईएको प्रतियोगितामा पालिका भरिका १८ ओटा विद्यालयहरुले भाग लिएका थिए ।

साे खेलकुद कार्यक्रममा आधारभूत विद्यालय तर्फ लङजम्प प्रतियोगितामा छात्रा तर्फ सरस्वती आधारभूत विद्यालय छुट्कि सिसहनियाँ प्रथम, सर्वाेदय मावि सिसहनिया द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवा तृतीय भएका छन् भने छात्र तर्फ ज्ञानाेदय मावि पत्थरगढवा प्रथम,आदर्श नमुना मावि लालमटिया द्वितीय र शंकर मावि पिपरी तृतीय भएको छ।

त्यस्तै एक सय मिटर दाैड प्रतियोगितामा छात्रा तर्फ आदर्श नमुना मावि लालमटिया प्रथम ,बाल कल्याण आधारभूत विद्यालय पहरुवा द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवाले तृतीय स्थान हासिल गरेकाे भने छात्र तर्फ बाल कल्याण आधारभूत विद्यालय पहरुवा प्रथम, सर्वाेदय मावि सिसहनिया द्वितीय र आदर्श नमुना मावि लालमटिया तृतीय भएका छन्।

दुई सय मिटर दाैड प्रतियोगितामा छात्रा तर्फ आदर्श नमुना मावि लालमटिया प्रथम,बाल कल्याण आधारभूत विद्यालय पहरुवा द्वितीय र सरस्वती आधारभूत विद्यालय छुट्कि सिसहनियाँ तृतीय भएका छन् भने छात्र तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम ,बाल कल्याण आधारभूत विद्यालय पहरुवा द्वितीय र आदर्श नमुना मावि लालमटिया तृतीय भएका छन्।

त्यस्तै मावि तर्फ छात्रा एक सय मिटर दाैड प्रतियोगितामा बाल कल्याण आधारभूत विद्यालय पहरुवा प्रथम ,सर्वाेदय मावि सिसहनिया द्वितीय र शंकर मावि पिपरी तृतीय भएका छन् भने छात्र तर्फ ज्ञानाेदय मावि पत्थरगढवा प्रथम,शंकर मावि पिपरी द्वितीय र शिरिन भ्याली बाेर्डिङ स्कुल माैरीघाट तृतीय भएका छन्।

लमजम्प छात्र तर्फ शंकर मावि पिपरी प्रथम ,मावि माैरीघाट द्वितीय र गाेर्खा आइडियल तृतीय भएको छ भने छात्र तर्फ शिरिन भ्याली बाेर्डिङ स्कुल माैरीघाट प्रथम ,शंकर मावि पिपरी द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवा तृतीय भएको छ।

सटफुट प्रतियोगितामा छात्रा तर्फ ज्ञानाेदय मावि पत्थरगढवा प्रथम ,मावि माैरीघाट द्वितीय र सर्वाेदय मावि सिसहनिया तृतीय भएको छ भने छात्र तर्फ नेपाल राष्ट्रिय मावि भालुवाङ प्रथम ,शंकर मावि पिपरी द्वितीय र सर्वाेदय मावि सिसहनिया तृतीय भएको छ।

आठ सय मिटर दाैड प्रतियोगितामा छात्रा तर्फबाट नेपाल राष्ट्रिय मावि भालुवाङ प्रथम ,बाल कल्याण आधारभूत विद्यालय पहरुवा द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवा तृतीय भएको छ भने छात्र तर्फआदर्श नमुना मावि लालमटिया प्रथम ,ज्ञानाेदय मावि पत्थरगढवा द्वितीय र नेपाल राष्ट्रिय मावि भालुवाङ तृतीय भएका छन्।

पन्ध्र सय मिटर दाैड प्रतियोगितामा छात्र तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम ,आदर्श नमुना मावि लालमटिया द्वितीय र मावि माैरीघाट तृतीय भएका छन् भने छात्रा तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम ,मावि माैरीघाट द्वितीय र बाल कल्याण आधारभूत विद्यालय पहरुवा तृतीय भएका छन्।

ज्याबलिङ थ्राे प्रतियोगितामा छात्र तर्फ नेपाल राष्ट्रिय मावि भालुवाङ प्रथम ,शंकर मावि पिपरी द्वितीय र आदर्श नमुना मावि लालमटिया तृतीय भएका छन् भने छात्रा तर्फ ज्ञानाेदय मावि पत्थरगढवा प्रथम ,शंकर मावि पिपरी द्वितीय र बाल कल्याण आधारभूत विद्यालय पहरुवा तृतीय भएका छन्।

दुई सय मिटर दाैड प्रतियोगितामा छात्र तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम ,ज्ञानाेदय मावि पत्थरगढवा द्वितीय र मावि माैरीघाट तृतीय भएका छन् भने छात्रा तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम ,शंकर मावि पिपरी द्वितीय र बाल कल्याण आधारभूत विद्यालय पहरुवा तृतीय भएका छन्।

मा प्रकाशित