‘मट्टाे की साइकिल’ (२०२२):- गहिराे निराशा, पराजयबाेध र विकल्पहिनताबाट गुज्रिरहेकाे मजदुरकाे कथा

सिनेमा चर्चा

आशीष

हालै ‘मट्टो की साइकिल’ नामक फिल्म प्रदर्शनमा आएकाे छ। यस फिल्मकाे कथा असँगठित वा अनाैपचारिक (निर्माण) क्षेत्रमा काम गर्ने मट्टो नामक एक मजदुरकाे जीवनमाथि केन्द्रित छ। मट्टो गाउँमा आफ्ना पत्नी र दुईजना छाेरीसँग बस्छ। उसकाे परिवारकाे आर्थिक अवस्था अत्यन्त कमजाेर हुन्छ, जस्ताे अवस्था सामान्यतया सबै मजदुरकाे हुन्छ। ऊ आफ्नाे घरकाे एक्लाे कमाउने मानिस हाे। मट्टो आफ्नो बीस बर्षे पुरानाे जर्जर साइकिल कुदाएर दिनहुँ नजिककाे सहरमा ज्यालादारीमा निर्माण क्षेत्र अन्तर्गतकाे काम गर्न जान्छ।

असंगठित वा अनाैपचारिक क्षेत्रमा काम गर्ने एक मजदुरलाई जसरी ठेकेदार, मालिक र मध्यम वर्गका व्यक्तिहरु व्यवहार गर्छन् त्यसको केही झलक तपाईं यस फिल्ममा देख्न सक्नुहुन्छ। मट्टोकाे जीवनमा जब उसलाई धेरथाेर पैसाकाे आवश्यकता पर्छ तब उसले ठेकेदार, ब्याजखाेर साहु आदिकाे सामु निहुरिएर हात फैलाउनुपर्छ, जस्तै पत्नी बिरामी हुदाँखेरि, छाेरीकाे बिहेका लागि अथवा नयाँ साइकिल किन्नका लागि।

सुरूदेखि अन्त्यसम्म यस फिल्मकाे कथा मट्टोकाे चरित्रकाे वरिपरि घुम्दै अन्य चरित्रहरु जस्तै मट्टोकी पत्नी र छाेरीहरु, साइकल मेकानिक, ग्राम प्रधान, ठेकेदार, डॉक्टर आदिका संवादहरुका माध्यमबाट कथावस्तुकाे निर्माण गर्दै अन्तिम दृश्यहरुमा तपाईं देख्नुहुनेछ कि अति जद्दोजहदपश्चात् किनिएकाे मट्टोकाे नयाँ साइकललाई लुटिन्छ र विवश मट्टो फेरि भाैतारिन्दै हिँड्छ। न त पुलिस उसकाे मदत गर्छ, न त चुनावकाे समयमा मीठाे कुराहरु गर्ने ग्राम प्रधान। मट्टोकाे निराशा र थकानसँगै फिल्मकाे अन्त्य हुन्छ।

‘मट्टाे की साइकिल’ मा मट्टाे बनेका प्रकाश झा

फ़िल्मका निर्देशक एम. गनीद्वारा गरिएकाे श्रमजीवी मजदुरकाे जीवनकाे समस्त परिदृश्यलाई एक मजदुर मट्टोकाे माध्यमबाट प्रस्तुत गर्ने प्रयासकाे सराहना गर्दै यसलाई सर्वहारा वर्गकाे दृष्टिकोणबाट आलोचनात्मक चेतनाका साथ हेर्नुपर्ने आवश्यकता छ। यसकाे थाेरै सराहना यसकारण गर्नुपर्छ किनभने जब पुँजीवादी फिल्म उद्योगका सारा फिल्महरु सुपरहिरोजस्ता नायकहरु, धनाढ्य-पुँजीपतिहरु, अपराधी र आप्रवासी भारतीयहरुका प्रेम कथाहरु बुनिरहेका छन्, त्यही ‘मट्टाे की साइकिल’ काे रुपमा एक यस्ताे फिल्म आएकाे छ, जो कम से कम मजदुरकाे जीवनकाे चित्रलाई प्रस्तुत गरिरहेकाे छ। तर यस फिल्मकाप्रति श्रमजीवी-श्रमिक वर्ग कुनै अनालोचनात्मक रवैया पनि अपनाउन सक्दैन।

यस फिल्मलाई लिएर बुर्जुवा उदारवादी मानिसहरुका अतिरिक्त मजदुर तथा प्रगतिशील आन्दोलनकाे तर्फबाट आफ्ना पक्षधरता राख्ने जनसंख्याकाे एउटा हिस्सा पनि अनालोचनात्मक रवैया अपनाउँदै, यस फिल्मकाे प्रशंसा गर्दै गदगद भइरहेका छन्। कुनै पनि कलात्मक रचना, कथा, नाटक, सिनेमा, चित्र आदिलाई आलोचनात्मक विवेकका साथ हेर्दै हामीले यस कुरामाथि विचार गर्नुपर्छ कि उक्त रचनाले मानिसहरुकाे अवचेतनमाथि के प्रभाव छोड्छ? एक साँचाे कलाकारकाे काम यथार्थकाे वर्गीय पक्षपाेषण र इमानदार चित्रण गर्नु हाे र एक प्रगतिशील कलाकार जीवनका अनेक अन्तरविरोधका माध्यमबाट यथार्थकाे सिर्जना गर्दै र समाजकाे वर्तमान समस्याहरुका कारणहरुलाई पर्गेल्दै आउँदाे समय वा भविष्यमा त्यसकाे सम्भावित समाधानका तर्फ सँकेत गर्नु हाे अथवा कम-से-कम आफ्नाे चित्रणद्वारा नै दर्शकहरुलाई समाधानकाे विषयमा सोच्नका लागि बाध्य पार्नु हाे।

फिल्मकाे एउटा दृष्यमा मट्टाे र उनकाे छाेरी

यथार्थलाई केवल जस्ताकाे तस्तै चित्रण गर्ने विचार नै अवैज्ञानिक हाे किनभने याे सम्भव छैन। तर यथार्थकाप्रति इमानदारी र वफादारी राख्ने कलाकार सीमित रुपमा आफ्नाे बुर्जुवा वा मध्यमवर्गीय पूर्वाग्रहहरुलाई सीमित रुपमा अतिक्रमण गर्न सक्छ। तर केवल सीमित रुपमा।

अर्काे कुरा, केवल मजदुर वर्गकाे जीवनकाे अवस्थाकाे कथालाई प्लट बनाउँदैमा मात्र कुनै कथा वा फिल्म आफैमा सर्वहारा यथार्थवादी रचनाकाे श्रेणीमा आउँदैन, हामीले यस कुरालाई भुल्नु हुँदैन। ‘मट्टो की साइकिल’ काे कथावस्तु रूपलाई भेदेर अन्तर्वस्तुलाई समात्न सक्दैन साथै जीवनका कैयौं अन्तरविरोधलाई पक्रन असफल सिद्ध हुन्छ। यस फिल्मकाे कथामा एकरेखीयता एवं स्थिरता, टक्क अडिएकाे देखिन्छ।

गाउँकाे जुन जमिनमाथि मट्टो उभिएका छन्, त्यहाँकाे जनसंख्याकाे गुजारा ज्यालादारीमा मजदुरी गरेर हुन्छ। उनीहरु कुनै गाउँकाे नजिकै सानाे सहरकाे सानाे चौघेरासम्म मात्र सीमित रहन्दैनन्। उनीहरु त्यहाँबाट निस्केर ठूला सहरहरुमा गई आफ्ना अस्तित्वलाई बचाउनका लागि मजदुरी गर्छन्, सहर आएर उनीहरुका पत्नीहरु पनि काम गर्न थाल्छन्। मानिसहरु, परिवारका सदस्यहरु छिन्नभिन्न हुन्छन्। परिवार टुट्छ। गाउँमा बस्ने कुनै भूमिहीन मजदुर अथवा सानातिना जमिनकाे टुक्राकाे मालिक आफ्नाे इलाकाकाे चौघेराबाट बाहिर निस्कन्छ। उसकाे जिन्दगी राेकिन्दैन। अघि बढ्छ।

फिल्मकाे एउटा दृष्यमा मट्टाे सहितका मजदुरहरु

यस कथाका रचनाकार सहरी मध्यम वर्गकाे दृष्टिकोणबाट मजदुरहरुकाे जीवनलाई हेर्छ। यसकारण ऊ उनीहरुकाे जीवनकाे गतिलाई बुझ्न असफल हुन्छ। फिल्ममा जब तथाकथित श्रम चाैककाे दृश्य आउँछ। तब सारा मजदुर थकित-पराजित हालतमा देखिन्छन्। वास्तवमा श्रम चाैकमा पनि केवल चिन्ताकाे हालतमा मानिसहरु खडा हुँदैनन्, त्यहाँ पनि मानिसहरुका बीच आपसमा बातचित हुन्छ, आफ्ना हालतमाथि निराश हुनुका साथसाथै उनीहरु आक्राेशित पनि हुन्छन्, उनीहरु हाँस्छन् पनि, चिन्तित पनि हुन्छन्।

त्यसैले, यहाँ फिल्ममेकरले यथार्थलाई केवल आंशिक रुपमा समात्न सकेका छन् र केवल एक मध्यमवर्गीय दृष्टिकोणले। याे वर्गीय पूर्वाग्रह एक इमानदार कलाकारकाे यथार्थकाे दृश्यहरुका चुनावलाई प्रभावित गर्छन्। प्रातिनिधिक यथार्थकाे मात्रा धेरै हाेस्, याे जरुरी छैन तर त्याे परिवर्तनकाे सम्भावनातर्फ इंगित गर्छ। यस्ताेमा श्रम चाैककाे यी दृश्यका बारेमा याे भन्न सकिन्छ कि केही प्रातिनिधिक सत्यलाई समात्नका बावजूद यसले सत्यलाई सम्पूर्णतामा र प्रातिनिधिक रुपमा समात्न सकेकाे छैन।

फिल्मकाे एउटा दृष्यमा मट्टाे उर्फ प्रकाश झा

यस फिल्मका निर्देशक एम. गनी भन्छन् कि उनी यस कथाकाे माध्यमबाट भारतीय समाजलाई देखाउन चाहन्छन् कि फिल्मकाे नायक मट्टो लाचार र असहाय छ। फ़िल्ममा तपाईं देख्न सक्नुहुन्छ कि धेरै कम माैकामा ऊ हाँसेकाे छ। यस्ताेमा मट्टो परिस्थितिकाे निष्क्रिय तत्व बन्न पुग्छ, जो बस झेलिरहेकाे छ र दु:खी छ। यस्ताे पनि मजदुर छ, याे सत्य हाे। याे सत्य हाे कि कला यस्ताे मजदुरकाे पनि चित्रण गर्न सक्छ। तर एक क्रान्तिकारी कलाले एक निष्क्रिय मजदुरलाई चित्रण गर्दै त्यसकाे अर्काे पाटाेलाई पनि देखाउनुपर्छ, उसमा विरोधाभास पनि पैदा गर्नुपर्छ, जसले परिस्थितिमा विधमान अन्तरविरोधलाई चिह्नित गरून्। निश्चित रुपमा यस्ता मजदुर पनि हुन्छन् जो चुपचाप सहन्दैनन्, बरु विद्रोह गर्छन्। सुरूमा यस्तो विद्रोह व्यक्तिगत पनि हुन सक्छ तर तब पनि त्याे विद्रोह एक प्रतीक हुन्छ, आशा र हार न मान्ने शक्तिकाे।

आज पुँजीवादी शोषण र उत्पीडनकाे जाँताेमा पिसिरहनुकाे बावजूद मजदुर वर्ग लाचार, निरीह, असहाय वा दयाकाे पात्र हैन/छैन, जस्ताे मट्टोकाे चरित्रलाई देखाइएकाे छ बरु तमाम पुँजीवादी क्षुद्रताहरुका बावजूद मजदुर हाँस्छ र दु:खी पनि हुन्छ, ऊ निरीह पनि हुन्छ र आक्राेशित पनि। ऊ असँख्याैंपटक हार मान्छ र असँख्याैंपटक विद्राेह पनि गर्छ। याे सत्य हाे कि आज निराशाकाे दौर छ तर निराशा भरिएकाे कठिन दौरमा पनि निराशाका कारणहरु र निराशालाई समाप्त पार्ने बाटाेमा वैज्ञानिक ढंगले कुरा गर्न नसक्नु आजकाे अँध्याराे दौरमा मध्यमवर्गीय हताशा र प्रकृतिवादलाई प्रदर्शित गर्छ।

फिल्मकाे एउटा दृष्यमा मजदुरहरु

कोही व्यक्ति याे भन्न सक्छ कि प्रेमचन्दकाे कथा ‘कफ़न’ मा पनि त कुनै विकल्प छैन। उसलाई याे पनि भन्न सकिन्छ विकल्प कुनै कलाकार भाषणबाजी गरेर प्रस्तुत गर्दैन। त्याे रचनालाई पढेपछि पाठककाे अवचेतनमाथि के प्रभाव पर्छ, याे महत्वपूर्ण कुरा हाे। प्रेमचन्दकाे रचना ‘कफ़न’ लाई पढ्ने व्यक्ति घिसु र माधव जस्ता चरित्रहरुकाे निर्माणका लागि व्यवस्थालाई दोषी मान्छन् अथवा ‘सद्गति’ कथा पढेपश्चात् पाठककाे मनमा एक खालकाे आक्रोश उत्पन्न हुन्छ।

जर्मनीकाे सर्वहारा नाटककार एवं कलाकार बेर्टोल्ट ब्रेष्टकाे दौर पनि निराशाले भरिएकाे थियाे तर उनका रचनाहरुमा तत्कालीन निराशाका साथ पाठकहरुका लागि आगामी दिनहरुमा आशाकाे कुरा पनि भटिन्छ। ब्रेष्ट एक सच्चा सर्वहारा यथार्थवादी कलाकार थिए।

बेर्टाेल्ड ब्रेख्त

मट्टोकाे चरित्र निराशा र पराजयकाे बोधले ग्रस्त भएर राेदन गर्ने व्यक्तिकाे रूपमा प्रस्तुत हुन्छ किनभने उसलाई एक सहानुभूतिले भरिएकाे तर एक मध्यमवर्गीय कलाकारकाे नजरले हेरिएकाे छ। मजदुर साथीहरु पनि यस फिल्मलाई हेरेर निराशाबोधले ग्रस्त हुन सक्छन्। कैयौंचाेटि यस्ताे प्रतीत हुन्छ कि फिल्म यथास्थितिवादमा चलिरहेकाे छ।

सर्वहारा यथार्थवादकाे दृष्टिकोणबाट यही भन्न सकिन्छ कि यस फिल्मले त्याे दृष्टि दिदैन जो कसैलाई विधमान परिस्थितिलाई बदलन वा त्यसको विकल्प खाेज्नका लागि अभिप्रेरित गरुन्। निश्चित रुपमा, हामी एक कलाकारकाे रचनासँग याे अपेक्षा राख्न सक्दैनौं कि उसले विकल्प नै दिऊन्। त्यसाे भएमा उनी राजनीतिक प्रचारकाे सामग्री बन्न पुग्नेछन्। कुनै रचना कलात्मक रहनेछैन।

मट्टाे उर्फ प्रकाश झा

तर यदि कोही व्यक्ति यस फिल्मलाई देखेर धेरैबेर सोच्न बाध्य हुँदैन र उसकाे आत्मा विकल्पका लागि छटपटाउँदैन, ऊ फगत एक सहानुभूतिपूर्ण सुस्केरा मात्र निकाल्छ भने याे उक्त कलात्मक रचनाकाे कमि र त्यसकाे समस्या हाे। जस्तै, उसलाई याे लाग्न सक्छ कि काश मट्टोलाई पुलिस अधिकारी अथवा प्रधानजीले मदत गरेकाे भए राम्राे हुन्थ्याे।

याे फिल्म कतै पनि पुँजीवादी व्यवस्थाकाे लूटमाथि प्रश्न उठाउँदैन, यधपि, त्यस लूटप्रति अप्रत्यक्ष इशारा फिल्ममा अवश्य गरेकाे पाइन्छ। पुँजीवादकाे पुँजीवादी दृष्टिकोण वा कुनै पनि किसिमकाे मध्यवर्गीय टुटपुँजिया दृष्टिकोणबाट आलोचना गर्दा याे व्यवस्थालाई खासै कुनै समस्या हुँदैन। उल्टै यसबाट वर्तमान व्यवस्थालाई नै टिकाइ राख्न मदत मिल्छ। मट्टोकाे अवस्थालाई देखकर दया भावना वा ‘केही पनि बदलिन सक्दैन’ भन्ने खालकाे भावना उत्पन्न हुन सक्छ।

‘मट्टाे की साइकिल’ काे एउटा दृष्यमा मट्टाे का छाेरीहरु

दु:खी, निराश र चिन्तित हुनु एउटा कुरा हाे, पराजित हुनु अर्काे कुरा। पराजयबोध अत्यन्त खतरनाक हुन्छ किनभने यसले सपनाहरुकाे जमिनलाई बाँझो बनाइदिन्छ। निराशा, पराजयबोध र विकल्पहीनतायुक्त आलोचना वा राेदन-चित्कार गर्नु क्रान्तिकारी कलाकाे लागि पर्याप्त छैन र यस्ताे कलाबाट वर्तमान शासक वर्ग र उसकाे सत्तालाई कुनै विशेष असुविधा पनि हुनेछैन।

यस मामिलामा याे फिल्म एक अर्थमा खतरनाक पनि छ। मजदुर वर्गले यस प्रकारका फिल्महरुका बारेमा आलोचनात्मक दृष्टिकोणबाट सोच्नुपर्ने आवश्यकता छ। एकातर्फ पराजित मानसिकता जन्माउने यस्त फिल्महरु बन्छन्, भने अर्काेतर्फ पुँजीवादी व्यक्तिवाद र नायकत्वमाथि आधारित झुठाे आशा उत्पन्न गर्ने ‘पुष्पा’, ‘केजीएफ़’ आदि जस्ता फिल्महरु। ‘मज़दूर बिगुल’ काे जुलाई अंकमा ‘पुष्पा’-‘केजीएफ’ जस्ता फिल्महरुकाे समीक्षा गर्दै सुहास लेख्छन्,

मट्टाे र उनकाे परिवार

‘मजदुर वर्गलाई यस्ता फिल्महरुकाे आवश्यकता छ, जो कि विधमान पूँजीवादी समाजमा निहित शोषण, उत्पीडन र दमनका पाटाहरुलाई सत्यका साथ उजागर गरुन्। समस्यालाई सही तरिकाले प्रस्तुत गर्नुमा नै त्यसको समाधानकाे सम्भावनाहरु लुकेकाे हुन्छ। यदि कुनै अन्तरविरोधलाई सही तरिकाले चित्रित गर्ने हाे भने, सही तरिकाले बुझ्ने हाे भने त्यसकाे समाधानकाे कुरालाई उपदेश जसरी प्रस्तुत गर्नुपर्न कुनै आवश्यकता नै पर्दैन र न त कलाकाे याे काम नै हो कि हरेक फिल्मकाे अन्त्यमा क्रान्तिकाे बाटाेकाे रूपरेखा प्रस्तुत गरुन्।

वास्तवमा, कलाकाे पहिलाे कार्य हाे यथार्थकाे इमानदार चित्रण गर्नु, सही प्रातिनिधिक तथ्यहरुकाे पहिचान गर्नु हाे जो कि यथार्थकाे सारतत्वलाई प्रस्तुत गरुन्। जस्तै, कुनै मजदुर पुँजीपति बन्नु सम्भव छ र याे समस्त सामाजिक यथार्थकाे हिस्सा हुन सक्छ तर याे सामाजिक यथार्थकाे कुनै प्रातिनिधिक हिस्सा हाेइन। उदाहरणका लागि, कुनै बच्चा एक हातमा छ वटा औलाहरुका साथ जन्मियाे भने यसलाई याे भनेर सामान्यीकरण गर्न सकिन्दैन कि मानिसकाे एक हाथमा छ वटा औलाहरु हुन्छन्।

फिल्मकाे एउटा दृष्यमा मट्टाे उर्फ प्रकाश झा

पुँजीवादी कला अप्रातिनिधिक यथार्थकाे कुनै एउटा पाटाेलाई उठाएर त्यसको सामान्यीकरण गर्छ र फेरि हामीलाई विशेष प्रकारका चाहना, आकांक्षा र सपनाहरु पाल्नका लागि प्रशिक्षित गर्छ, जाे पूँजीपति वर्गका लागि फाइदाजनक होस्।
जसले पूँजीपति वर्गलाई लाभ पुर्‍याउन्।

सर्वहारा वर्गकाे कला समस्त सामाजिक यथार्थकाे सारतत्वलाई समात्छ। किनभने याे त्यसकाे प्रातिनिधिक पाटाहरुलाई समात्छ, त्यसको कलात्मक अमूर्तन र सामान्यीकरण गर्छ। तसर्थ, याे सत्यका साथमा उभिएकाे हुन्छ। यसैले, यी अन्तरविरोधहरुलाई सही रूपमा प्रस्तुत गर्न सक्छ। र यसकारण यसलाई अन्त्यमा क्रान्तिका बारेमा उपदेश दिनुपर्ने कुनै आवश्यकता नै हुँदैन। बरु अन्तरविरोधहरुकाे सही र सटीक चित्रण स्वतः हामीलाई अन्ततः सही दिशामा सोच्नका लागि प्रेरित गर्छ।

‘मट्टाे की साइकिल’ काे पाेष्टर

वास्तवमा काे सही दिशामा सोच्छ या सोच्न सक्छ, याे कुरा व्यक्तिकाे वस्तुगत सामाजिक एवं राजनीतिक वर्गीय अवस्थितिमाथि निर्भर हुन्छ। तर निश्चय नै सर्वहारा कला यथार्थकाे एक सटीक, इमानदार र वैज्ञानिक चित्रणकाे माध्यमबाट समाजकाे प्रातिनिधिक सत्यहरु र त्यसका अन्तरविरोधहरुलाई बुझ्नमा हाम्राे मदत गर्छ।’

‘मजदुर बिगुल’ काे अंक – अक्टूबर 2022, मा प्रकाशित

मा प्रकाशित