गढवा गाउँपालिकाका कृषक महिलाहरुलाई उन्नत किट वितरण

आलोक भावुक

गढवा, २४ माघ। गढवा गाउँपालिकाका कृषक महिलाहरुलाई मंगलवार उन्नत किट वितरण गरिएको छ ।

कृषि ज्ञान केन्द्र घोराही दाङको सहयोग तथा गढवा गाउँपालिकासंगको समन्वयमा मुक्त कम्लहरी, आमा समुह र किशोरी समुह लाई लक्षित गरेर १ सय ८५ जना महिलाहरुलाई मंगलवार उन्नत किट वितरण गरेको हो ।

किट वितरण कार्यक्रम बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले कृषकको लागि पालिकाले अहम भुमिका खेलीरहेको बताउनुभयो । बाँझो जमिन राखेर तरकारी किनेर खानु हुदैन भन्दै मिहेनत गरेर ताजा तरकारी फलाई खाना सबैलाई अनुरोध गर्नु भयो । निशुल्क बिऊ सदुपयोग गर्न अनुरोध गर्दै।महिला लक्षित उन्नत किट वितरण कार्यक्रम प्रभावकारी हुनेमा आफु आशाबादी रहेको बताउनु भयो ।

प्रतिजना पांच सय रुपैयाँ बराबरको बिऊ वितरण गरिएको बताइएको छ । दाङ जिल्लामा जम्मा कोटा संख्या एक हजार मात्र रहेको बताउदै कृषि ज्ञान केन्द्र घोराही दाङका अधिकृत फिर्तुमान चौधरीले हजार मध्ये १ सय ८५ गढवा गाउँपालिकालाई दिएको जानकारी दिनु भयो। किट वितरण कार्यक्रम बोल्दै अधिकृत चौधरीले तरकारीको बिशेषताको बारेमा जानकारी दिनु भयो। तरकारीको बिऊ लागेर सही ठाउँमा सदुपयोग गर्न अनुरोध समेत गर्नु भयो । हामीले खाने थालमा तरकारीको मात्रा धेरै र अनिवार्य हुनु पर्ने बताउदै अधिकृत चौधरीले खाएर बचेको ब्यापार गरेर जिविकोपार्जन गर्न सकिने भएकोले तरकारी पेसामा लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र घोराही दाङकी कृषि अधिकृत देवा महरा, सुलभ कर्जा सहजकर्ता कृषि ज्ञान केन्द्र घोराहीकी सुजना केसी, मुक्तकम्लहरी बिकास मञ्चकी फिल्ड संयोजक ज्ञानु थापा लगायतकाको उपस्थिति रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID