छैठौं देउखुरी महाेत्सवमा आज ज्योति मगरको प्रस्तुती हुने, महोत्सवको चारदिन लम्बियाे 

गणतन्त्रनेपाल समाचारदाता

लमही २४ माघ । छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सवमा आज चर्चित गायिका ज्योति मगरको प्रस्तुती हुदैछ।  लमही उध्धोग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सव पुनः चार दिन थप गरिएको छ ।

दर्शकहरूकाे अत्यधिक भिड बढ्न थालेकाे भन्दै संघकाेआज मंगलबार बसेकाे बैठकले यस्ताे निर्णय गरेको महाेत्सबका सास्कृतिक समितिका संयाेजक तथा संघकाउघाेग उपाध्यक्ष केशब पाेख्रेलले जानकारी दिनु भएको छ ।

“कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा सञ्चालित महाेत्सब अब आइतबार २९ गते सम्म चल्नेछ भने उक्त दिन आइतबार नै समापन गरिने तयारी गरिएको संघका अध्यक्ष खगेश्वर खनालले जानकारीदिनु भयाे ।यस अघि यहि माघकाे २५ गतेसम्म मात्रै संचालनमा आउने जनाइएको थियाे ।

महोत्सवमा करिव ६० हजार दर्शकले अवलोकन गर्ने र डेढ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ।

महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिक, पत्रकार हरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । बिध्यार्थीलाई ८० रुपैयाँ र अन्य सर्बसाधारणहरुका लाई १०० रुपैयाँ टिकट रहेकाे छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID