राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ – माओवादी केन्द्र

‘अदालतको फैसलाका लागि प्रधानमन्त्रीले समय माग्नुभएको हो, प्रधानमन्त्रीले बितिसकेको समयपछि उहाँहरु के भनेर आउनुहुन्छ, त्यसअनुसार हुन्छ ।’

गणतन्त्रनेपाल समाचारदाता, शनिबार, २१ माघ २०७९

काठमाडौँ । राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने नेकपा (माओवादी केन्द्र) ले बताएकाे छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शनिवार बसेको स्थायी कमिटी बैठकमा यसबारे चर्चा भएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरुसँग छलफलका लागि आफूहरु खुला रहेको बताए ।

उनले भने, ‘आजको बैठकमा पार्टी संगठनबारे छलफल भयो, २ महिना सबै फिल्डमा जाने, पार्टी पंक्ति बाहेक जनता पनि भेटेर २ महिनापछि त्यसको रिपोर्टसहित केन्द्रीय समितिको बैठक बसेर नयाँ कार्ययोजनासहित अघि बढ्छौँ । किनभने २ महिनाभित्रमा राष्ट्रपतिको चुनाव, उपराष्ट्रपतिको चुनाव जे हुने भइसक्छ । त्यसपछि हामी केन्द्रीय समितिको बैठक बसेर अघि बढ्छौँ । त्यसको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने, त्यसपछि बाँकी रहेका काम अगाडि बढाउँछौँ । सहमति हुन सकेन भने जोसँग विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्छ, उसैसँग मिलेर अघि बढ्छौँ । सबै पक्षसँग हामी खुला छौँ, प्रधानमन्त्रीलाई सबै दलले समर्थन गरेको छ, सबै मिलेर जाऔँ भनेर अघि बढ्ने कुरा राम्रो हो ।’

फरक प्रसंगमा नेता पाैडेलले  गृहमन्त्रीको बारेमा केही कुरा नभएकाे बताए । उनले अगाडि भने – नयाँ शिराबाट नयाँ ढंगले अघि बढ्नेछौँ । एमालेलाई बाहिर राखेर जाने भनेको होइन, सबैसँग मिलेर अघि बढौँ भन्ने हो ।’

उनले सत्ता साझेदार दल नेकपा एमालेलाई चिढ्याउन आफूहरुले नचाहेको भन्दै सबै मिलेर अघि बढ्नका लागि प्रयत्न गरेको बताए । ‘अदालतको फैसलाका लागि प्रधानमन्त्रीले समय माग्नुभएको हो, प्रधानमन्त्रीले बितिसकेको समयपछि उहाँहरु के भनेर आउनुहुन्छ, त्यसअनुसार हुन्छ,’ नेता पौडेलले बताए ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID