मौरिघाटमा वित्तीय साक्षरता अभियान तथा सचेतना कार्यक्रम सम्पन्न

आलोक भावुक

देउखुरी, १७ माघ। दाङ देउखुरीको मौरिघाटमा वित्तीय साक्षरता अभियान तथा सचेतना कार्यक्रम मंगलवार सम्पन्न भएको छ।

नेशनल माइक्रो फाइनान्स लघुबित्त शाखा कार्यालय जलुकेका शाखा प्रमुख केशब राज पोख्रेल अध्यक्षता तथा माध्यमिक विद्यालय मौरिघाटका शिक्षक बासुदेब रिजालको प्रमुख अातिथ्यता एवम् एन्आईसी लघुबित्तका प्रदेश प्रमुख बिमल चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

 

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा माध्यमिक विद्यालय मौरिघाटका शिक्षक बासुदेब रिजालले यस सचेतना कार्यक्रमले विध्यार्थीहरुको वित्तीय तथा बैंकिङ्ग साक्षरता सचेतना अभिबृद्धिमा सहयोग पुग्ने बताउनुभयो। बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ११ र कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन बाट ठुलो सहयोग पुग्ने बताउनुभयो।

कार्यक्रममा देउखुरीका २६ वटा लघुबित्तहरुको सहयोग बाट कार्यक्रम सञ्चालन गरिएको हो। देउखुरी लघुवित्त कर्मचारी मञ्चले आयोजना गरेको कार्यक्रममा माध्यमिक विद्यालय मौरिघाटका ११ र १२ कक्षाका विद्यार्थी र शिक्षक गरी १ सय ३० जनाको उपस्थिति रहेको रहेको थियो।

कार्यक्रममा बित्तिय साक्षरता सम्बन्धी रिसु चौधरीले प्रकाश पार्नुभएको थियो भने बचतको बारेमा फरवार्ड लघुबित्तका शाखा प्रमुख चेत राज जोशीले जानकारी दिनुभएको थियो। उपकार लघुबित्तका शाखा प्रमुख दिपेश पुनले कर्जाको प्रयोग फाइदा र महत्त्व बारे प्रकाश पार्नुभएको थियो। रामचन्द्र पौडेल सुर्योदय वमि लघुबित्तका शाखा प्रमुखले डिजिटल बैंक र चेक को बारे जानकारी दिनु भएको थियो।सिभिललघुबित्तका शाखा प्रमुख हेमराज बस्नेतले बिद्यार्थी लाई उत्प्रेरेना बारे जानकारी दिनुभएको थियो।

लक्ष्मी लघुबित्त मौरिघाट शाखाकी प्रमुख शिला जि सिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन उन्नति सहकार्य लघुबित्त सिसहनिया शाखाका प्रमुख सन्तोष पौडेलले गर्नु भएको मौरिघाटबाट मन्सु बस्नेतले जानकारी दिनुभएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID