जापानी दुतावासको सहयोगमा गढवामा सुधारिएको खाना पकाउने चुल्हो वितरण

छानामा ताप स्थिर राख्ने मिराकुल रंग लगाउने कार्यको शुभारम्भ

आलोक भावुक

गढवा, १५ माघ ।

जापानी दुतवासको सहयोगमा गढवा गाउँपालिकाका नागरिकहरुलाई एक सय पचास थान सुधारिएको खाना पकाउने चुल्हो वितरण गरिएको छ । आइतवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा राजदूतावासका डेपुटी चिफ तामुरा ताकाहिरोको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे ।  गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरी बिशिस्ट अतिथि रहनुभएकाे थियाे ।

सुधारिएको खाना पकाउने चुल्हो वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा जापान राजदूतावासका डिपुटी चिफ अफ मिसनका तामुरा ताकाहिरोले आफु गढवामा पहिलो पटक आएको र ज्यादै खुशी अनुभूति गरिरहेको बताउनुभयो। समाजमा रहेका अति बिपन्न, गरिब मजदुर, किसान मधेसी मुस्लिम समुदायहरूको दैनिक जिवनमा केही सुधार गर्ने उद्देश्यले सुधारिएको खाना पकाउने चुल्हो वितरण गरेको बताउनु भयो । वितरण गर्न लागेको चुल्होले मनो अक्साईड कार्वन उत्सर्जन घटाउने र दाउराको बचत हुने लगायतका अन्य थुप्रै फाइदा हुने बताउनुभयो।

कार्यक्रममा बोल्दै डिपुटी चिफ अफ मिसनका तामुरा ताकाहिरोले जापान नेपाल बिचको सम्बन्ध सहयोग आदान प्रदान निरन्तर रहने र आफु गढवा आएर सहयोग गर्न पाउदा अत्यन्त खुशी भएको बताउनुभयो। ताकाहिरोले श्री दुर्गा आधारभूत बिद्यालय गढवा – ६ मनिकापुरको विध्यालयमा रहेको भौतिक संरचनाहरुमा लागेको जस्तापातामाथि बाट नामा ताप स्थिर राख्ने मिराकुल रंगलगाउने कार्यको उद्घाटन गर्ने र त्यो रङले तापक्रमलाई नियन्त्रण गर्ने जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाभित्र रहेका विपन्न नागरिकका लागि सुधारिएको खाना पकाउने चुल्हो वितरण गर्नु भएकोमा धन्यवाद दिनुभयो । गढवा गाउँपालिकाको समस्यालाई पहिचान गरी थोरै भए पनि सहयोग गर्ने उद्देश्यले गरिएको सहयोग आगामी दिनहरुमा पनि सहकार्य गर्न अनुरोध गर्नुभयो । गढवा गाउँपालिकाको समग्र विकासको लागि विभिन्न संघसंस्थाहरु, बिदेशी संस्थाहरुसंगको सहकार्य आवश्यक रहेकाे उहाँकाे भनाइ  थियाे ।

कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, ४ नम्बर वडाका वडाध्यक्ष हरिभगत चौधरी, ५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापा, यूएन ह्यावीटाट जापानका कार्यक्रम संयोजक फुमियाशु ईसिंगा, मिराकुल कम्पनी लिमिटेड जापानका प्रबन्ध निर्देशक नोरीयुकि फुकाई, यूएन ह्यावीटाट नेपालका कार्यक्रम संयोजक राजाराम छतकुली, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका कार्यकारी निर्देशक जगत देउजालगायतको उपस्थिति रहेको थियो।

जापान सरकारको दुतवासको सहयोग, हेल्भिटास नेपालगन्ज र आत्मनिर्भर सेवा केन्द्र नेपालगन्जको समन्वयमा गढवाका ३ वडाका १५० बिपन्न सिमान्तकृत नागरिकहरुलाइ सुधारिएको खाना पकाउने चुल्हो वितरण गरिएको हो। यसबाट ६० प्रतिशत दाउरा खपत कम हुने, ५० प्रतिशत समय र श्रम बचत हुने, एक ठाउँबाट अर्को ठाउँमा सजिलै लैजान मिल्ने, ८० प्रतिशत धुवाँ कम हुने र बिषालु ग्यास मनो अक्साईड उत्सर्जन कम हुने लगाएतको फाइदा रहेको छ।

त्यसैगरी श्री दुर्गा आधारभूत बिद्यालय गढवा – ६ मनिकापुरको विध्यालयमा रहेको भौतिक संरचनाहरुमा लागेको जस्तापातामाथि बाट  ताप स्थिर राख्ने मिराकुल रंगलगाउने कार्यको उद्घाटन गरिएको छ। रङले तापक्रम लाई नियन्त्रण गर्ने र गर्मीयाममा कक्षाकोठाको तापमान न्युन हुने जानकारी दिइएको छ ।

मा प्रकाशित