७ लाख ३९ हजारको लागतमा तयार महिला सामुदायिक भवनको गापा उपाध्यक्ष चौधरीद्वारा उद्घाटन

गणतन्त्रनेपाल समाचारदाता

गढवा, १५ माघ । गढवा गाउँपालिका वडा नं. ५ तकियापुर शिविरमा निर्माण भएको महिला सामुदायिक भवनको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । क्रियटिङ पोसिविलिटिज नेपाल (सीपी) को आयोजना र डेबलपिङ वल्र्ड कनेक्शन क्यानडाको सहयोगमा उक्त भवनको निमार्ण गरिएको हो ।

गढवा गाउँपालिका वडा नं. ५का अध्यक्ष लेखबहादुर थापाको अध्यक्षता, गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य र वडा नं. ६का अध्यक्ष बिरबहादुर आलेको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले रिवन काटेर उक्त भवनको उद्घाटन गर्नुभएको थियो ।

रिवन काट्दै चौधरीले सीपी नेपालको कार्यबाट आफू निकै प्रभावित भएको बताउदै सामुदायिक भवनलाई सामाजिक कार्य, बालक्लब तथा युवाक्लबको सिकाईका लागि उपयुक्त थलोको रुपमा विकास गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

भवन निमार्ण भैसकेपछि गाउँको सार्वजनिक भेला, बैढक तथा तालिमहरू संचालन गर्न निकै सहज हुने मिर्मिरे आमा समूहकी सचिव दीपा चौधरीले बताइन् ।

कार्यक्रममा सभाहल र पक्कि शौचालय सहित ७ लाख ३९ हजार ७ सय रुपैया सो भवन निमार्ण गर्दा लागेको लागत खर्च संस्थाका विद्यार्थी संयोजक श्याम चौधरीले सार्वजनिक गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण हेमराज शर्माले गर्नुभएको थियो ।

मा प्रकाशित