लमही, ११ माघ।लमहीमा माघ १२ गते (भोली)देखि सञ्चालन हुन लागेको छैंठौ देउखुरी कृषि,पर्यटन तथा व्यापारिक महोत्सवको तयारी पुरा भएको छ ।
अजम्बरी सामुदायिक वनको पिकनिक स्थल(बिबिधता पार्क) पछाडि १३ दिनसम्म सञ्चालन हुने महोत्सवको तयारी लगभग पुरा आयोजक देउखुरी उद्योग वाणिज्य संघले जनाएको छ ।महोत्सवको उद्घाटन भोली बिहीबार दिउँसो १ बजे गरिने कार्यक्रम तय गरिएको आयोजकले जानकारी दिएको छ।
महोत्सव सञ्चालन हुने स्थलमा अहिले स्टल निर्माणदेखि स्वागत गेट,फिल्ड सरसफाई,मञ्च सजावट लगायतका काम लगभग पुरा भएको देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष केशवराज पोख्रेलले जानकारी दिनु भयो ।
सुरक्षालाई दृष्टिगत गर्दै महोत्सव स्थलमा सिसीक्यामराको समेत जडान गरिएको छ । भने सूचना सञ्चारको कामलाई प्रभावकारी बनाउन इन्टनेटको समेत जडान गरिएको बरिष्ठ उपाध्यक्ष कमलजंग सिहं ठकुरीले जानकारी दिनु भयो ।
“कृषि पर्यटन उद्योग र व्यापार,देश समृद्धिको बलियो आधार”भन्ने मुल नाराका साथ सञ्चालन हुने महोत्सव माघ १२ गतेदेखि २५ गतेसम्म चल्ने छ । स्थानीय कृषि उत्पादनको बजारीकरण,खस्कदो व्यापारको पुनरुत्थान र पर्यटन विकासमा टेवा पु¥याउनको लागी महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवलाई थप आकर्षित र प्रभावकारी बनाउन विभिन्न कला,संस्कृतिसंग सम्बन्धित झाँकी,नृत्य तथा स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति समेत रहने छन् । करिब १ लाख भन्दा बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । स्थानीय स्तरमा उपादित वस्तु तथा सेवालाई महोत्सवमा प्राथमिकता दिईने देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले बताउनुभयो ।
महोत्सवमा कृषि,पर्यटन,उद्योग र व्यापारसंग सम्बन्धित करिब २ सयको हाराहारीमा स्टल रहेका छन् । जसमध्ये केही स्थानीय कृषि उपात्दनसंग सम्बन्धित स्टल र केही स्थानीय व्यवसायिसंग सम्बन्धित स्टल रहेको आयोजकले जनाएको छ ।वाणिज्य संघले आफ्नो संघमा दर्ता भएका पसलहरुलाई भने पचास प्रतिशतको छुटमा स्टल उपलब्ध गराएको छ ।
भने बाँकी सबै अन्य व्यवसायसंग सम्बन्धित स्टलह रहेको अध्यक्ष खनालले बताए ।महोत्सवलाई सहज रुपमा सञ्चालन र व्यवस्थापन गर्न लागी एक मूल समिति समेत बनाईएको छ ।