एम्बुलेन्सको ठक्करबाट घोराहीमा मोटरसाइकल चालकको मृत्यु

गणतन्त्रनेपाल समाचारदाता

घोराही ९ माघ। दाङको घोराहीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको घोराही उपमहानगरपालिका १० नारायणपुर निवासी ४५ वर्षीय पूर्ण पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ।

प्रहरीका अनुसार दुर्घटनामा परी गम्बिर घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार पछी थप उपचारका लागि भैरहवा लगिएको र त्यहाँ डाक्टरले मृत घोषित गरिएको बताइएको छ।

रोल्पाबाट घोराही तर्फ आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट जाँदै गरेको रा ६ प ८९५० नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका १३ दारेबोट चोकमा ठक्कर दिदा दुर्घटना भएको हो ।

एम्बुलेन्ससहित चालक रोल्पाको त्रिवेणी गाँउपालिका २ निवासी २८ वर्षीय निर्मल महरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरीएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिनुभएको छ ।

मा प्रकाशित