तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ३ माघ।

नाबालिग गायिका बलात्कार मुद्दामा थुनामा रहेका अभिनेता पल शाहले सफाइ पाएका छन्।

जिल्ला अदालत तनहुँले उनलाई सफाइ दिने फैसला सुनाएको हो।जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले मंगलबार अन्तिम सुनुवाइ गर्दै शाहविरुद्ध लगाइएको आरोपमा दाबी नपुगेको ठहर गरेको हो।

यसअघि नै पीडित भनिएको नाबालिग र जाहेरवालाले नै अदालतमा बलात्कारको आरोप झुटो भएको बयान दिइसकेका थिए।पीडितले नै अदालतमा आरोपको खण्डन गरेपछि शाहले सफाइ पाएका हुन्।

तर तनहुँ अदालतबाट सफाइ पाए पनि पल तत्काल जेलमुक्त भने हुने छैनन्। उनीविरुद्ध जिल्ला अदालत नवलपुरले अढाइ वर्ष कैदको फैसला गरेको छ। उक्त फैसला अनुसार पलले अझै डेढ वर्ष बढी कैदमा बस्नुपर्छ।

हाल उनी तनहुँ कारागारमा छन्।

तर पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालतबाट बदर भएर सफाइ पाउने ठहरे भने उनको जेल यात्रा छोटिन सक्नेछ।

नवलपुर अदालतले बलत्कारको आरोपमा सफाइ दिए पनि बाल यौन दुरुपयोगको कसुरमा सजाय तोकेको थियो।तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले शाहलाई सफाइ दिने फैसला भएको बताउँदै यसमा चित्त नबुझे सरकार पक्ष उच्च अदालतमा जान सक्ने बताउनुभयो

पीडित पक्ष भने उच्च अदालत जाने सम्भावना छैन। उनीहरुले यसअघि नै पल निर्दोष रहेको बयान दिइसकेका छन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID