देउखुरी, २ माघ । लुम्बिनी प्रदेशकाे सभामुखमा नेकपा माओवादीका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । भने उपसभामुखका लागि ३ जनाकाे मनाेनयन दर्ता भएको छ ।
स्थानीय राजधानी राप्ती उपत्यका देउखुरीमा रहेको प्रदेश सभा सचिवकाे कार्यकक्षमा साेमवार सभामुख र उपसभामुखकाे मनाेनयन दर्ता भएकाे हाे ।सुरुमा सत्तारुढ दलबाट सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीकाे मनाेनयन दर्ता भएकाे थियाे ।
सभामुखमा ५ बजे सम्म कसैकाे मनाेनयन दर्ता नभएपछि घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ । सभामुखकाे प्रस्तावकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र राप्रपा संसदिय दलका नेता आशिष कुमार चाैधरीको समर्थन रहेको छ ।
उपसभामुखकाे प्रस्तावकमा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रशेक गुप्ता रहेका छन् । त्यसपछि नेपाली कांग्रेसले उपसभामुखमा मात्रै र नागरिक उन्मुक्ति पार्टीले पनि उपसभामुख पदमा मात्रै मनाेनयन दर्ता गराएको थियाे ।
नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित विश्वप्रेम पाठककाे उपसभामुखमा मनाेनयन दर्ता भएको छ ।कांग्रेसले सभामुखमा उम्मेदवारी दिएकाे छैन । कांग्रेसका विश्वप्रेम पाठककाे प्रतावकमा प्रदेश सभा सदस्य वसीउद्दिन खाँ र सर्थकमा राजु खनाल रहेका छन् ।यस्तै उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकिकी रुपन्देही जिल्ला निवासी निर्मलादेवी चाैधरीकाे मनाेनयन दर्ता भएको छ ।
प्रस्तावकमा प्रदेश सभा सदस्य नरमायाँ ढकाल र समर्थकमा संसदिय दलका नेता धर्म चाैधरी रहेका छन । सत्तारुढ दलबाट नागरिक उन्मुक्ति बाहिरिएको संकेत छ ।`दुई वटा मन्त्रालयमा सहमति थियाे ।
तर, हामीले भनेकाे जस्तो भएन´संसदिय दलका नेता चाैधरीले भने-´हामीलाई माओवादी, एमाले, कांग्रेस सबैकाे समर्थन मिल्छ । भाेली उपसभामुख चयनका लागि निर्वाचन हुने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिनु भएको छ ।