गढवाका आदिवासी जनजाति महिला समुह द्वारा माघिको शुभकामना आदानप्रदान तथा स्वास्थ्य सामाग्री वितरण

आलोक भावुक

गढवा, ३० पौष । गढवाका आदिवासी जनजाति महिला समुहद्वारा शनिवार स्वास्थ्य सामाग्री वितरण गरेको छ । शनिवार गढवामा एक कार्यक्रमको आयोजना गरी आदिवासी जनजाति महिलाहरु लाइ स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

आदिवासी जनजाति महिला समुह गढवाकी अध्यक्ष शान्ती चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर – ६का अध्यक्ष बिर बहादुर आले मगरको प्रमुख आतिथ्य एवम् मानव समाज कल्याण संस्थाकी संयोजक सिल्पा चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको छ।

कोरोनाको भाईरलको नयाँ भेरियन्टले छिमेकी राष्ट्रहरुमा असर पारिरहेको खबर लाई मध्य नजर गर्दै ५० भन्दा बढि आदिवासी जनजाति महिलाहरु लाई कोरोनाको समयमा प्रयोग गरिने स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको आदिवासी जनजाति महिला समुहकी संयोजक शान्ति चौधरीले जानकारी दिनुभयो।

मानव समाज कल्याण संस्थाको सहयोगमा स्वास्थ्य सामाग्री वितर गरिएको हो । माघी पर्वको अवसरमा माघीमिलन कार्यक्रमको आयोजना गरिएको थियो। शुभकामना आदान प्रदानको साथै स्वास्थ्य लाई बिशेष ध्यान दिदै स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम तय गरिएको मानव समाज कल्याण संस्थाकी संयोजक सिल्पा चौधरीले जानकारी दिनु भयो।

कार्यक्रमका प्रमुख अतिथि एवम् गढवा गाउँपालिकाका वडा नम्बर – ६ का अध्यक्ष बिर बहादुर आले मगरले स्वास्थ्य सामाग्री वितरण गर्दै स्वास्थ्य लाई सठै भन्दा पढी ख्याल गर्न आवश्यक रहेको बताउदै स्वास्थ्य सामाग्री घरमा लगेर नराख्न अनुरोध गर्नु भएको थियो ।

दिमेकी देशहरुमा कोरोनाले मानवीय क्षति समेत गरेको बताउदै कोरोनाको नयाँ भेरियन्ट लाई पनि सामान्य रुपमा नलिन अनुरोध गर्दै सार्वजनिक स्थलहरुमा मार्क्सको प्रयोग, सेनिटाइजरको प्रयोग गर्न सुझाव दिनु भयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID