गढवामा पालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकूद प्रतियोगिताको शुभारम्भ

आलोक भावुक

गढवा,२७ पौष । गढवा गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकूद प्रतियोगिता बुधबारदेखि गढवामा सुरु भएको छ । गढवा गाउँपालिका वडा नम्बर – ३ का वडाध्यक्ष तुलसी राम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको बिशिस्ट आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको छ ।प्रतियोगिता तिन दिन सम्म चल्ने छ ।

गढवा गाउँपालिका भित्रका सामुदायीक तथा निजी विद्यालयका विद्यार्थीहरु प्रतियोगितमा सहभागी भएका छन् ।प्रतियाेगिताकाे उद्घाटन गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गमलामा पानी हालेर र ब्यानर पढेर गर्नु भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले उद्घाटनको दिन गढवा गाउँपालिकाको खेलकुदको लागि निकै महत्वपूर्ण दिन भएको बताउनुभयो। खेलबाट खेल क्षेत्रको एउटा उद्गम थलोको रुपमा विध्यालय लाईनै लिने गरेको बताउनु भयो ।विध्यालय बाटै भविष्यका खेलाडीहरुको उत्पादन हुने गरेको बताउदै यो तिनदिने खेल लाई एकदमै महत्वका साथ बुझेको बताउनुभयो। खेल क्षेत्र मनोरञ्जनको क्षेत्र मात्र नभएर मान्छेको सिर्जनशिल क्षमता लाई पनि विकास गर्ने, मान्छे लाई अनुशासनमा राख्ने लगाएतको अन्य थुप्रै फाइदा हुने बताउनुभयो। पछिल्लो समयमा विध्यार्थीहरुको सिर्जनात्मक अभ्यासहरुमा कमी आएको बताउदै सामाजिक सञ्जालको ब्यापक प्रयोगले एका तिर शिक्षा र सिकाइमा सहयोग पुर्‍याएको छ भने अर्को तर्फ सामाजिक सञ्जालहरुको दुरुपयोग भैरहेको र विद्यार्थीहरु लाई एक प्रकारको नसानै बसेकोले सिर्जनशिल सोचको विकासको लागि विद्यालयको सानो तह बाटनै खेलकुदको विषयलाई प्रथामिक्तामा राखेर जोड दिन जरुरी रहेको बताउनुभयो।

खेलकुद लाई अन्य विषय जस्तै गरेर आकर्षित गराउन आवश्यक रहेको बताउदै तल्लो कक्षा बाटै खेलमा विशेष जोड दिए राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलाडी उत्पादन गर्न सकिने बताउनुभयो।

उद्घाटन कार्यक्रममा बोल्दै बिशिस्ट आतिथी तथा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नारा अनुसार नै खेलकुद लाई बढावा दिदै लैजानु पर्ने बताउनुभयो। खेलकुद स्वास्थ्यको लागि मात्र नभई राष्ट्रको लागि पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो।

त्यसैगरी कार्यक्रम बोल्दै गढवा गाउँपालिका शिक्षा विकास समितिका संयोजक तथा एक नम्बर वडाका वडाध्यक्ष बाबुराम अधिकारीले खेलमा ठुलो सम्भावना भएको बताउदै खेल जगत लाई उकास्ने पहिलो थलो विध्यालय र शिक्षक नै भएको बताउनु भयो ।

त्यसैगरी उद्घाटन कार्यक्रममा बोल्दै समाजसेवी तथा बुद्धिजीवी बिरेन्द्र चौधरीले विध्यार्थी देशको कर्णधार भएको भन्दै विध्यालयलाई राम्रो बनाउने तर्फ लाग्न आवश्यक रहेको बताउनुभयो।विध्यार्थीको मनोभाव बुझेर खेल प्रति चासो राख्ने लाई खेल क्षेत्रमै लाग्न प्रेरित गर्ने खालको वातावरण सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो।साथै बिबाद रहित निश्पक्ष रुपमा खेलको मुल्यांकन गर्न र शान्त ढंगले प्रतियोगिताको समापन गर्न आयोजकलाई अनुरोध गर्नुभयो।

त्यसैगरी जिल्लाकै उत्कृष्ट खेलाडी गोबिन्द वलीले खेललाई रमाईलोको लागि मात्र नभई आर्थिक क्रान्ति पनि गर्न सकिने बताउनु भयो । अन्य देशका खेलाडीहरूको उदाहरण दिदै वलीले खेलबाट मनग्गे पैसा देशमा आयात गर्न सकिने भएकोले शिक्षा स्वास्थ्य जस्तै खेललाई पनि बिशेष ध्यान दिन आग्रह गर्नुभयो

त्यसैगरी जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादवले खेलको महत्व बुझ्न सके खेलबाट चौतर्फी विकास हुने बताउनुभयो। खेल लाई वेवास्ता गरेको कारण राम्रो खेलाडी उत्पादन हुन नसकेको बताउनुभयो।

प्रतियोगिता सरस्वती माध्यमिक विद्यालय गोबरडियाको खेल मैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डी खेलहरू हुनेछन् । एथलेटिक्स तर्फका सबै खेलकाे निर्णायक समितिकाे नेतृत्व प्रमुख प्रशिक्षक पद्यमा चौधरीले गर्नु हुने भएको छ । विजेता विद्यालय र विद्यार्थीलाई सिल्ड तथा प्रमाणपत्र पाउने छन् ।

स्वागत मनतब्य सरस्वती मावि गोबरडियाका प्रधानाध्यापक सुर्य प्रकाश बर्माको स्वागत मन्तव्य बाट सुरु भएको उद्घाटन कार्यक्रमको सञ्चालन तेज प्रसाद शर्मा र सिता यादवले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID