गढवामा आठ दिने लघु उद्यम शीलता विकास तालिमको समापन

आलोक भावुक

गढवा, १९ पौष ।

गढवा गाउँपालिका वडा नम्बर – २ मा आठ दिने लघु उद्यम शीलता विकास तालिमको मंगलवार एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ।

गढवा गाउँपालिका वडा नम्बर – २ का अध्यक्ष भक्तु चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारीको प्रमुख अतिथ्य एवम् गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी र प्रशासन शाखा प्रमुख पुनाराम शर्माको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको छ।

समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सिप मुलक तालिम पश्च्यात आफुले सिकेको सिपको आधारमा व्यवसाय सञ्चालन गरी आय आर्जनमा वृद्धी गर्न सम्पुर्ण तालिमका सहभागिहरुलाइ अनुरोध गर्नु भयो । गाउंपालिकाले सहयोग गरेर थुप्रै सिप मुलक तालिम प्रदान गरिसकेको वताउदै अन्य तालिम जस्तै यस तालिमलाई पनि तालिममा मात्रै सिमित नराखी व्यवहारमा लागु गर्न सवैमा आग्रह गर्नु भयो ।

त्यसैगरी कार्यक्रमको प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले महिलाहरुले अव घरको चुलो चौकोमा मात्र सिमित नरही व्यवसाय मुलक सिप सिकी आत्मनिर्भ हुन सवैलाई प्रोत्साहीत गर्नु भयो ।

नेपाल सरकार उध्धोग बाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग तथा गढवा गाउँपालिकाको समन्वय तथा गाउँपालिकाको उध्धम विकाश शाखाको आयोजनामा ‘गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ अन्तगर्त सञ्चालित ८ दिने उद्यम शीलता विकास तालिमको समापन भएको शाखाकी उद्यम शीलता कर्ता बिनु भुजेलले जानकारी दिनुभयो।

“आर्थिक समृद्धीको आधार, लघु उद्यम मार्फत रोजगार” भन्ने मुल मन्त्र सहित सिप मुलक तालिम लिई व्यवसाय सञ्चालन गर्ने चाहाना भएका २८ जना सहभागिहरुलाई उहाँहरुको मागमा आधारित सिप मूलक तालिम सञ्चालन गर्ने तयारी गरिएको उद्यम विकास सहजकर्ता मिना चौधरीले बताउनु भयो ।

कार्यक्रममा वडा सदस्य राधेश्याम थारु कुमाल, ३ ओम प्रकाश चौधरी, पशु विकास शाखाका खेमराज लगायतकाको उपस्थिति रहेको थियो। लालमनि घर्ति मगरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता मिना चौधरीले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID