गढवाको गोबरडियामा निशुल्क आँखा शिविर, ५२० जना बिरामीहरुको चेकजाँच

आलोक भावुक

गढवा, २४ मङ्सिर । गढवा गाउँपालिका वडा नम्बर – ३ को रात्री प्रावि गोबरडियामा निशुल्क आँखा चेकजाँच शिविर सञ्चालन भएको छ।

रात्रि प्रावि गोबरडियाको प्राङगणमा लगाईएको आँखा शिविरमा ५ सय २० जना बिरामीहरुको ओपिडी चेकजाँच भएको छ भने १ सय ९५ जनाको बिरामीहरु लाई निशुल्क चस्मा वितरण प्राविधिक टोलीका सदस्य बिमल घिमिरेले जानकारी दिनु भयो ।

आँखा शिविर बाट ९५ जना मोतियाबिन्दु भएका बिरामीहरूको लमही आखा अस्पतालमा निशुल्क शल्यक्रिया हुने गढवा गाउँपालिकाका वडा नम्बर – ३ का वडाध्यक्ष तुलसी राम अधिकारीले बताउनुभयो।

गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योती संघ लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा गढवा गाउँपालिकाको आठ वटै वडामा निशुल्क आँखा शिविर सञ्चालन भैरहेको गढवा गाउँपालिकाले जानकारी दिएको छ ।

गढवा गाउँपालिकाको उज्यालो अभियान साझेदारी कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा गढवा गाउँपालिकाको वडा नम्बर ३ ४,५,६ र ७ मा निशुल्क आँखा शिविर सञ्चालन भैसकेको छ भने यही मङ्सिर २६ गते गढवा गाउँपालिका वडा नम्बर – २ को रात्री प्रावि पचहा, पुस २ गते वडा नम्बर १ को वडा कार्यालय मलमला र पुस ९ गते वडा नम्बर ८ को कोइलाबासमा निशुल्क आँखा शिविर सञ्चालन गर्ने कार्यक्रम तय गरिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिउ भएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID