गढवाको कोइलाबासमा लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न 

आलोक भावुक

गढवा, २१ मङ्सिर 

‘सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ’ लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रम बुधवार गढवाको कोइलाबासमा सम्पन्न भएको छ।

देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत गढवाकी अध्यक्ष ओभा पाठकको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अभियानमा सह आयोजक १९ ओटा संघ संस्थाहरूका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो।

गाउँपालिकाको मुख्य आयोजना तथा देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवा सहित गढवामा क्रियाशील अन्य १९ वटा संघ संस्थाहरुको समन्वय तथा सहकार्यमा गढवाको वडा नम्बर ७ मा लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रम अभियान चलिरहेको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले महिला मात्र हिंसाको सिकार नभएको बताउदै पुरुष पनि हिंसाको सिकार हुने गरेको बताउनु भयो ।

लैङ्गिक हिंसा मात्र नभई घरेलु, सामाजिक, आर्थिक र यौनिक हिंसा समेत हुने गरेको १६ दिने अभियान मनाई रहँदा सबैखाले हिंसा बन्द गर्नुको साथै हिंसा भए तत्काल सम्बन्धित निकायमा उजुरी गर्न समेत न्यायिक समितिका संयोजक शारदा कुमारी चौधरीले सबैमा अनुरोध गर्नु भयो।

शान्ति पुनर्स्थापना गृह काेइलाबास ले महिला हिंसा र मानव बेचबिखन विरुद्धको अभियानमा सहयोग र सहकार्य गर्दै उदाहरणीय काम गरेको भन्दै धन्यबाद समेत दिनु भयो।

कार्यक्रम बोल्ने बक्ताहरुले समाजमा हुने हरेक खाले हिंसाको खुलेर बिरोध गर्नु पर्ने र समाजमा भैरहेको हिंसा लुकाउन नहुने धारणा राख्नु भएको थियो।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले आफ्नो अधिकार माग्दा अरूको अधिकार लाई पनि ख्याल गर्नु पर्ने कुरामा ध्यान दिनु बिशेष जोड दिएका थिए

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत बुधबार गढवा गाउँपालिकाको वडा नम्बर ८ कोईलाबासमा कार्यक्रम गरी गरिएको छ।

कार्यक्रममा गढवा गाउँपालिका न्यायिक समिति सदस्य रेखा थापा, इलाका प्रहरी कार्यालय कोइलाबासका कुमार केसी, शसस्त्र प्रहरी सिमा सुरक्षा बलका देवीलाल गोतामे, आँखा उपचार केन्द्र कोइलाबासका सुरज शाहु, चेतनशिल महिला समाज केन्द्रकी शकुन्तला डिसि, गढवा उद्योग बाणिज्य संघकी मधा न्यौपाने, दलित सचेतना अभियानकी जया बिश्वकर्मा, शान्ति पुनर्स्थापना गृह काेइलाबासकी सिमा जिसी र प्रेमी चौधरी, पट्वारी यादव, भोजराज खनाल, गोमा थापा, नेपाल इन्द्र फाउन्डेसनकी हेमन्ता गौतम, मुक्त कम्लहरी विकास मञ्चकी निमा चौधरी, स्वास्थ्य चौकी कोइलाबासकी मिना यादव, सिपी नेपालकि सिता चौधरी,नवस्वर्गद्धारकी श्रृजना घिमिरे लगाएतकाको उपस्थिति रहेको थियो।

। कार्यक्रमको सञ्चालन देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाका सचिव तथा पत्रकार शिवराज पन्थीले गर्नुभएको थियो।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID