गढवा, २० मङ्सिर
महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै गढवा गाउँपालिकाले सोमवार १९ औँ महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवर्धन हाम्रो एक्येबद्धता भन्ने मूल नाराका साथ सोमवार १९ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस गढवा गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी मनाएको छ।
गढवा स्वास्थ्य चौकी गढवामा आयोजना गरिएको कार्यक्रम महिला स्वास्थ्य स्वयंसेविका हरु लाई सम्मान समेत गरिएको थियो।
गढवा गाउँपालिका वडा नम्बर – ६ का अध्यक्ष बिर बहादुर आले मगरको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य एवम् प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा गढवा गाउँपालिकाका महिला सामुदायिक स्वास्थ्य स्वंयम सेविकाहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ४,५,६ र ७ वडाका एक एक जना महिला स्वास्थ्य स्वयंसेविका लाई सम्मानित गरिएको छ। सम्मानित हुने हरुमा वडा नम्बर ४ कि पार्वती चौधरी, वड नम्बर ५कि रेवती किशोरी चौधरी, वडा नम्बर ६ बाट बसन्ता खनाल र वडा नम्बर ७ बाट सुमित्रा चौधरी सम्मानित हुनु भएको छ।
स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धि रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आउनु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले महिला स्वास्थ्य स्वयंसेविकाले जनताको घर घरमा पुगेर सेवा दिएको भन्दै प्रशंसा गर्नुभयो। स्थानीय सरकार जनताको घरघरको सरकार भएको भन्दै हरेक नागरिकलाई समस्या पर्दा सरकारको प्रतिनिधित्व हुने गरी आधारभूत स्वास्थ्य सेवा, महामारी नियन्त्रणको अभियान, स्वस्थ्य समाज निर्माण गर्न घर घरमा महिला स्वास्थ्य स्वयं सेविकाहरु पुगेर सेवा दिनु महिला स्वास्थ्य स्वयंमसेविकाहरुको अतुलनीय योगदान रहेको बताउनुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै ६ नम्बर वडाका वडाध्यक्ष बिर बहादुर आले मगरले हरेक समयमा घामपानी नभनेर जनताको सेवामा समर्पित महिला स्वास्थ्य स्वयंसेविकाहरुको भुमिका स्वास्थ्य क्षेत्रमा अहम् रहेको बताउनुभयो। बिपद् र महामारीको समयमा पनि जिम्मेवार पुर्वक क्रियाशील भएर समस्या व्यवस्थापनमा महिला स्वास्थ्य स्वयंसेविकाहरु खट्नु सरहनिय काम भएको बताउनुभयो।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर – ६का वडा अध्यक्ष बिर बहादुर आले मगर, गढवा स्वास्थ्य चौकी गढवाका प्रमुख रुप नारायण चौधरी, गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी लगायतकाले बोल्नु भएको थियो भने कार्यक्रमको सहजिकरण स्वास्थकर्मी सुर्य नारायण यादवले गर्नु भएको थियो।