गढवामा लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रम

गणतन्त्रनेपाल समाचारदाता

गढवा, १९ मङ्सिर

गढवामा लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रम आईतवार सम्पन्न भएको छ।

गढवा गाउँपालिकाको मुख्य आयोजना तथा देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवा सहित गढवामा क्रियाशील अन्य १९ वटा संघ संस्थाहरुको समन्वय तथा सहकार्यमा गढवाको वडा नम्बर ७ मा लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रम अभियान चलिरहेको छ।

अभियान अन्तर्गत आइतवार गढवा वडा नम्बर – ७ मा कार्यक्रम गरिएको छ।

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आइतबार गढवा गाउँपालिकाको वडा नम्बर-७ मा कार्यक्रम गरी मनाईएको छ।

देउखुरी सामुदायिक पुस्तकालयका तथा स्रोत केन्द्र गढवाकी अध्यक्ष ओभा पाठकको अध्यक्षता तथा गढवा गाउँपालिका न्यायिक समितिका सदस्य रेखा थापाको प्रमुख आतिथ्य एवम् इलाका प्रहरी गढवा प्रमुख रञ्जुकेसि को बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रम बोल्ने बक्ताहरुले समाजमा हुने हरेक खाले हिंसाको खुलेर बिरोध गर्नु पर्ने र समाजमा भैरहेको हिंसा लुकाउन नहुने धारणा राख्नु भएको थियो।

कार्यक्रममा लैङ्गिक हिंसा न्यूनीकरण,हिंसाका प्रकार र निरुपण गर्ने निकायहरुका बारेमा दलित शसक्त्तिकरण अभियानका जया बिश्वकर्मा,वडा सदस्य कमला नेपाली,मुक्त कमलरी बिकास मन्चका कार्यक्रम संयोजक ज्ञानु थापा र मुस्लिम एकता समाजका सबिना खातुन लगायतकाले बोल्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID