
गढवा, १५ मङ्सिर
गढवा गाउँपालिकाको कार्यापालिका सदस्य मिना पुन घाइते स्कुटर दुर्घटनामा परी घाइते हुनु भएको छ।
गढवा गाउँपालिका कार्यपालिका सदस्य मिना पुन कोइलाबास बाट गढवा आउने क्रममा गढवा कोइलाबास सडक खण्डको चिसापानी भन्ने ठाउँमा स्कुटी पल्टिदा घाइते हुनु भएको पारिवारिक स्रोतले जनाएको छ ।
काममा सिलसिलामा गढवा बजार आउने क्रममा चिसापानी भन्ने स्थानमा सितलहरका कारण सडकमा चिप्लिएर दुर्घटना भएको गढवा गाउँपालिकाका वडा नम्बर – ८का वडा अध्यक्ष खालिक सिद्दिकीले जानकारी दिन भन्नुभयो ।
घाइते पुनको अहिले भारतको बलरामपुरमा उपचार भैरहेको अध्यक्ष सिद्दिकीले बताउनुभयो।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




