गढवा गाउँपालिकाको उज्यालो अभियान साझेदारी कार्यक्रमको सुरुवात

मोतिबिन्दुको विरामीहरूलाई निशुल्क सल्यक्रिया हुने

आलोक भावुक

गढवा, १० मङ्सिर

गढवा गाउँपालिकाको उज्यालो अभियान साझेदारी कार्यक्रमको सुरुवात भएको छ। गढवा गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा बृहत निशुल्क आँखा शिविर सुरु भएको छ।

नेपाल नेत्र ज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज, लमही आँखा अस्पताल लमही दाङ र गढवा गाउँपालिका संगको बिगतमा भएको सहमति बमोजिम गढवा गाउँपालिकामा आँखा जाँच कार्यक्रम/शिविर सञ्चालन गरि निशुल्क आँखा चेकजाँच र मोतिबिन्दुको शल्यक्रिया गर्न आवश्यक परे निशुल्क शल्यक्रिया समेत गरिने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

गढवा गाउँपालिका र नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पताल बिच यस भन्दा पहिले नै पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी लगाएतको रोहबरमा सम्झौता पत्रमा हस्ताक्षर भैसकेको गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनु भयो। गढवा गाउँपालिका भित्रका सबै आँखा सम्बन्धी बिरामीहरु लाई सहज र निशुल्क तरिकाले सेवा दिने प्रक्रियामा पालिका निरन्तर लागेको छ। गढवा गाउँपालिकाले पालिकाको आठ वटै वडाको आँखा शिविर सञ्चालनको तालिका सार्वजनिक गरेको छ।

dav

तालिका अनुसार यही मङ्सिर ८ गते गढवा गाउँपालिका वडा नम्बर – ७ को ज्ञान ज्योति प्रावि मानपुरमा शिविर सञ्चालन हुनेछ। त्यसैगरी मङ्सिर १४ गते वडा नम्बर – ६ को गढवा बहुमुखी क्याम्पस गढवामा शिविर सञ्चालन हुनेछ त्यसैगरी मङ्सिर मङ्सिर १६ गते वडा नम्बर – ५ को गंगाप्रसपुर स्वास्थ्य चौकी चैनपुरमा, मङ्सिर १७ गते वडा नम्बर – ४ को वडा कार्यालय गंगाप्रसपुरमा, मङ्सिर २४ गते वडा नम्बर – ३ को रात्री प्रावि गोबरडियामा, मङ्सिर २६ गते वडा नम्बर – २ को रात्री प्रावि पचहा, पौष – २ गते वडा नम्बर – १ को कार्यालय परिसर मलमला र पौष ९ गते वडा नम्बर – ८ कोईलाबासको आँखा उपचार केन्द्र कोइलाबासमा निशुल्क आँखा शिविर सञ्चालन हुनेछ र मोतिबिन्दुको बिरामीहरु लाई छनौट गरी निशुल्क शल्यक्रिया गरिने गढवा गाउँपालिकाले जनाएको छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID