१५ दृष्यमा ‘फाेटाेग्राफ’:-

सिनेमा चर्चा:-

प्रभाष

दृष्य १.

रफिक बार्दलीमा निस्कन्छ र लेख्न थाल्छ, ‘दादी, मैले यहाँ (एकजना) केटी भेटेकाे छु। उनीसँग भेट्दा मलाई यस्ताे लाग्याे कि तपाईंले नै उनलाई खाेजी-खाेजी (मेराे लागि) राेज्नुभएकाे हाे। (उनकाे) आँखामा दुनियाँभरिका प्रश्न र तिनका जवाफ (पनि छ)। मुस्कान यस्ताे कि सब दु:ख-पीडा, थकान उडाइदिने (दिन्छ)। अनि, उनकाे हाँसाे, हाम्राे खेतमा भएकाे पहिलाे बर्षाजस्तै (छ)। नाम पनि कति प्याराे छ……

टाढा कतै गीत बज्छ,

‘आ जा रे आ जा रे
ओ मेरे दिलबर आ जा
दिल की प्यास बुझा जा रे…

ओ…नूरी नूरी नूरी’

रफिक पत्रमा लेख्छ,

…उनकाे नाम हाे नूरी।’

दृष्य-२.

ट्याक्सी ड्राइभर साेध्छ:- ‘साहब के तपाईं र म्याडम एक्टर हाे? नाटककाे?’

‘हाे’। रफिक जवाफ दिन्छ।

‘र त म साेच्दै थिए कि उहाँ जस्ताे केटी तपाईँसँग…(कसरी?)

याे दृष्यले सुन्दरता सम्बन्धि सर्वसाधारणमा विधमान धारणालाई दर्शाउँछ। राम्री (गाेरी) केटीले नराम्राे (कालाे) केटासँग कसरी लभ गर्न सक्छ?

दृष्य:- ३.

रफिक र मिलाेनी

रफिककी दादी मिलाेनीलाई पाउजु दिन्छिन्। त्यसकाे अर्काे दृष्यमा, मिलाेनीकाे घरमा खाना पकाउने नाेकर्नीले पनि खुट्टामा पाउजु लगाएकी देखिन्छ। यसबाट ‘पाउजु गाउँका गरिब बासिन्दाहरुकाे घरका महिला वा बुहारीहरुले लगाउने चीज रहेछ’ भन्ने बाेध हुन्छ।

मिलाेनी त्याे साँझ नाेकर्नीलाई बाेलाएर गाउँकाे बारेमा साेध्छिन्। ‘गाउँमा उनकाे परिवारलाई के कस्ताे छ? गाउँमा उनीहरु के गर्छन्?’ यस्तै यस्तै साेध्छिन्। जब नाेकर्नीले गाउँकाे बारेमा सबै कुरा बताउँछिन् र ‘गाउँमा शान्ति छ’ भन्छिन्, तब उनी पनि एकदिन त्यसै उनकाे गाउँ हेर्न आउने कुरा गर्छिन्।

यस दृष्यले गाउँप्रति उनमा बढ्दै गइरहेको उत्सुकतालाई दर्शाउँछ। गाउँकाे बारेमा, गाउँकाे जनजीवनका बारेमा जान्ने उनकाे चाहनालाई दर्शाउँछ। याे पक्का छ, उनमा यस्ताे उत्सुकता वा चाहना रफिक र उनकाे दादीकाे कारण उत्पन्न भएकाे हाे। यसले रफिककाे परिवार-गाउँतर्फ उनकाे झुकाव बढ्दै गइरहेकाे कुरालाई इङ्गित गर्छ।

दृष्य:-४.

जब मिलानीलाई हेर्नका लागि केटाका अभिभावकहरु आउँछन् र केटालाई देखाउनका लागि मिलाेनीकाे फाेटाे माँग्छन्। तब मिलाेनीका आमाबाबुसँग उनकाे फाेटाे हुँदैन। उनीहरुले कहिल्यै मिलाेनीकाे फाेटाे खिँचेका वा खिँचाएका हुँदैनन्। [यसले मिलाेनीका आमाबाबुकाे आफ्नो छाेरीसँग घनिष्टता नभएकाे, मिलाेनी आफ्ना आमाबाबुुसँग निकट नभएकी, उनीहरुकाे सम्बन्ध टिपिकल आमाबाबु र छाेरीकाे जस्ताे (Bossy, आदेश दिने आमाबाबु र प्रश्न नगरि मान्ने छाेरीकाे जस्ताे) औपचारिक भएकाे सँकेत गर्छ।] तब मिलाेनी भन्छिन्, ‘म सँग एउटा फाेटाे छ। ‘गेटवे अफ इंडियामा खिँचाएकी हुँ। राम्राे फाेटाे छ। एकछिन पख्नुहाेस्, म ल्याउँछु।’

मिलाेनीलाई रफिकले खिँचेकाे आफ्नाे त्याे फाेटाे मनपर्छ। उनी रफिककी दादीलाई पनि भन्छिन्, ‘जब मैले त्याे फाेटाे हेरे, तब मलाई लाग्याे, याे केटी अरु नै काेही हाे। (उनी हाेइनन्।)’

‘किन (त्यस्ताे लाग्याे)?’ भनेर रफिककी दादीले साेध्दा उनी भन्छिन्, ‘त्याे (फाेटाेकी) केटी म भन्दा धेरै खुशी र म भन्दा धेरै सुन्दर देखिन्थिन्।’

मिलाेनीलाई आफू सुन्दर छु भन्ने लाग्दैन। तर उनलाई त्याे फाेटाेमा आफु सुन्दर लागिरहेकाे छ। उनी आफुलाई त्याे फाेटाेमा सुन्दर देखिरहेकी छन्। यसकाे अर्थ हाे, उनी आफुलाई रफिककाे नजरबाट हेरिरहेकी छन्। रफिककाे नजरमा उनी सुन्दर छिन्। फलत: उनी आफुलाई पनि सुन्दर देखिरहेकी छन्।

उनी भन्छिन्, ‘फाेटाेकी केटी म भन्दा खुशी देखिन्थिन्।’ उनलाई आफ्नाे अवस्था थाहा छ। उनलाई थाहा छ, उनी आफ्नो जीवनमा खुशी छैनन्। उनी आफ्नाे आमाबाबुसँग निकट छैनन्। आमाबाबुसँग उनकाे भेट डाइनिङ टेबुलमा मात्र हुन्छ। उनीहरुले साेधेकाे कुराकाे जवाफ दिनु बाहेक आमाबाबुसँग उनकाे अरु कुरा हुँदैन। उनीहरुसँग आफ्नाे मनकाे भावना वा समस्याहरु सेयर गर्दिनन् उनी। उनी घरदेखि कलेज जान्छिन्, कलेजदेखि घर फर्किन्छिन्। अर्थात्, उनकाे कुनै ‘प्रपर फ्रेन्ड’ छैन/देखिन्दैन जाे सँग मनकाे कुरा सेयर गर्न सकियाेस्। (घरमा उनकी एकजना नाेकर्नी छिन्। तर उनीसँग पनि अलिअलि मात्र बाेल्छिन् मिलाेनी। उनीसँग पनि आफ्नाे मनकाे कुरा खासै खाेल्दिनन् मिलाेनी।

अर्थात्, उनी लगभग एक्ली छन्। एक्लाेपनामा बाँचिरहेकी छन् उनी। एक्लाेपनामा पैदा हुने अवसादले उनलाई छाेपेकाे छ, सायद। त्यसैले उनी खुशी हुन सकिरहेकी छैनन्। तर फाेटाेमा भने उनी खुशी देखिइरहेकी छन्। (कम्तिमा उनलाई त्यस्ताे लाग्छ)। याे रफिककाे नजर हाे। रफिकले उनकाे फाेटाे खिचेकाे हाे। रफिक उनलाई खुशी देखिरहेकाे छ अथवा रफिक उनलाई खुशी भएकाे देख्छ। यतिबेला उनी रफिककै नजरले आफुलाई हेरिरहेकी हुन्छन्।

दृष्य:-५.

‘फाेटाेग्राफ’ काे पाेस्टर

केटी ‘काेला’ (काेकाकाेला) खाँदिनन्। (दादीसँगकाे भेटमा पनि उनकाे अगाडि ‘लिम्का’ देखिन्छ, रफिककाे अगाडि ‘काेला’।) रफिकले उनले ‘काेला’ नपिउनुकाे कारण साेध्दा उनी रफिकलाई ‘उनी सानाे छँदा उनलाई उनका दादाले ‘केम्पाकाेला’ खुवाउने गरेकाे तर पछि दादाकाे मृत्यु भएकाे साथै केम्पाकाेला पनि बन्न छाेडेकाेले काेला खान छाेडेकाे’ बताउँछिन्।

याे सुनेर रफिक केम्पाकाेला खाेज्न निस्कन्छ। केम्पाकाेलाकाे खाेजमा दर-ब-दर भाैतारिन्छ अनि अन्ततः उनकाे लागि केम्पाकाेला खाेजेरै छाड्छ। त्यतिमात्र हैन, रफिक आफ्नाे फाेटाेग्राफीकाे पेशा छाेडेर केम्पाकाेलाकाे सानाे फ्याक्ट्री खाेल्ने याेजना पनि बनाउँछ।

रफिकले किन त्यत्राे कष्ट उठाउँछ त? त्याे के चीज हाे जसले उसलाई याे सब कष्ट उठाउन उत्प्रेरित गर्छ? मेराे विचारमा त्याे प्रेम हाे। प्रेमबाहेक अरु कुनै पनि चीजले कसैलाई पनि त्यसाे गर्न उत्प्रेरित गर्दैन।

दृष्य:-६.

रफिकसँग भेटेपछि मिलाेनी ट्याक्सीमा घर फर्केिन्छिन्। ट्याक्सीमा माेहम्मद रफीकाे राेमान्टिक गीत बजिरहेको हुन्छ। मिलाेनी ड्राइभरलाई गीतकाे भाेल्युम बढाउन भन्छिन्। यसबाट उनकाे मनस्थिति बुझ्न सकिन्छ। उनकाे मनमा प्रेमपूर्ण भावनाहरु उर्लिरहेकाे सँकेत पाइन्छ।

दृष्य:-७.

रफिक मिलाेनीलाई लिएर सिँगल स्क्रीन थिएटरमा सिनेमा हेर्न जान्छ। पर्दामा माेहम्मद रफीकाे साेही गीत बजिरहेको हुन्छ, जुन गीत उनी ट्याक्सीबाट फर्किन्दा ट्याक्सीमा बजिरहेको थियाे। अचानक, मिलाेनीकाे खुट्टा माथिबाट केही चीज कुद्छ। मिलाेनी तर्सिन्छिन्। रफिक ‘मुसा हाेला, खुट्टाबाट सिधै निस्किन्छ मुसा’ भन्छ। मिलाेनी असहज मान्छिन्। कस्ताे-कस्ताे अनुहार बनाउँछिन्।

दृष्य:-८.

मिलाेनी, रफिककी दादीसँग गाेला (एक प्रकारकाे बरफ) खान्छिन्। रफिक उनलाई ‘गाेला नखानु’ भन्छ तर दादीले कर गरेपछि मिलाेनी गाेला खान्छिन्। अर्काेदिन मिलाेनीलाई उनकाे पितासँग अस्पतालमा डाक्टरसँग कन्सल्ट गरिरहेकाे देखिन्छ। उनकाे पिता भन्छन् कि हिजाे रातिदेखि उनलाई यस्ताे भएकाे हाे। स्ट्रिटमा गाेला खाइन्। उनले स्ट्रिटमा फूड खानु हुँदैन। उनकाे परीक्षा आउँदैछ। उनी अस्वस्थ्य भए उनकाे परीक्षामा असर पर्न सक्छ। परीक्षा बिग्रिन सक्छ।

‘फाेटाेग्राफ’ काे पाेस्टर

अर्काे दिन, मिलाेनी भेट्न नआएकाेमा रफिककी दादी चिन्ता व्यक्त गर्छिन्। रफिक भन्छ, ‘उनी गाेला खाएर बिरामी परिन्। तपाईँले जबर्जस्ती नखुवाउनु भएकाे भए बिरामी पर्दिनथिन्।’

दादी भन्छिन्, ‘अरे उनीमात्र कसरी बिरामी परिन्? गाेला त हामी सबैले खाएका थियाैं। हामी त बिरामी भएनाैं। कहाँबाट खाेजिस् हँ यतिसाह्राे नाजुक केटी जाे एउटै गाेला खाएर बिरामी हुन्छिन्।’ रफिककाे मित्र भन्छ परिवारले लाडप्यारले हुर्काएका हाेलान्। रफिक मियाँकाे प्रेमकाे गाेला आज नभए नि भाेलि त पचाएरै छाड्छिन्। मेरी पत्नी पनि यस्तै नाजुक थिइन्, तर पछि पचाइन्।’

यहाँनेर दादी साेचिरहेकी हुन्छिन् कि उनी र मिलाेनी एकै तप्काका हुन्। एकै वर्गका हुन् उनीहरु किनभने, रफिक र मिलाेनी दुवैले उनलाई ढाँटेका हुन्छन्। मिलाेनीले बरफ खाँदा बिरामी पर्नुले उनकाे वर्गलाई इङ्गित गर्छ। मिलाेनी सडकमा स्ट्रिट फूड खाने वर्गकी हाेइनन्। उनी रफिक वा उनकी दादीले जसरी स्ट्रिट फूड पचाउन सक्दिनन्। त्यस्ताे चीज खाँदा उनकाे शरीरले रिएक्ट गर्छ। त्यसैले उनी बिमार भइन्।

वास्तवमा, याे दृष्यले मिलाेनी र रफिककाे वर्गीय अन्तरलाई दर्शाउँछ। उनीहरु समाजकाे अलग-अलग तप्काका मानिसहरु हुन्। उनीहरु समाजकाे अलग-अलग वर्गबाट आउँछन्। मिलाेनी उच्च वर्गकी केटी हुन् भने रफिक निम्न वर्गकाे केटा। उनीहरुकाे वर्ग मिल्दैन। त्यसैले, उनीहरूकाे जीवनशैली, रहनसहन वा खानपान पनि मिल्दैन। उनीहरु दुई छुट्टाछुट्टै सँसारका प्राणीहरु हुन्। याे सत्यलाई फिल्मले पटकपटक विभिन्न दृष्यहरुबाट उजागर गरेकाे छ।

तर यसकाे अर्थ उनीहरुबीच मेल हुन सक्दैन भन्ने पनि हैन। रफिककाे मित्र भन्छन्, ‘मेल भएपछि अलग कुराकाे बानी पर्दै जान्छ। बानी पर्दै गएपछि पचाँउँदै जान्छिन्।’ मिलाेनीकाे फेमिली डाक्टर पनि बताउँछ, ‘कहिलेकाहीँ खाँदा यस्ताे हुन्छ। सधै स्ट्रिटफूड खाने गरे उनीभित्र राेग प्रतिरोधात्मक क्षमताकाे विकास हुन्छ। त्यसपछि यस्ताे समस्या आउदैन।’ अर्थात् अर्काे वर्गकाे जीवनपद्धतिसँग एकाकार हुन नसकिने भन्ने हुँदैन, एकाकार हुन सकिन्छ।

दृष्य:-९.

रफिक र मिलाेनी ट्याक्सीमा चढ्छन्। ट्याक्सी ड्राइभरले धेरै बकबक गर्दा रफिकले चुप बनाइदिन्छ। दुवैबीच विवाद हुन्छ, चालक आफू बनारस विश्वविद्यालयबाट इंलिश लिटरेचरमा एमए गरेकाे बताउँछ र भन्छ ‘काेही टैक्सी चलाता है, काेई लड़की घुमाता हैं।’ ऊ रफिकप्रति ईर्ष्या प्रकट गर्छ।

दृष्य:-१०.

दृष्य-९, ट्याक्सीमा रफिक र मिलाेनी

समुन्द्र किनारमा रफिकसँग अँगालेर फाेटाे खिचिरहेकी मिलाेनीलाई उनकी नाेकर्नीले देख्छे। अर्काे दृष्यमा मिलाेनी खानाकाे मेचमा बसिरहेकी हुन्छन्। क्यामेरा उनकाे खुट्टामा फाेकस्ड हुन्छ। मिलाेनी खुट्टा हल्लाइरहेकी वा उनकाे खुट्टा कामिरहेकाे देखिन्छ। यसले नाेकर्नीले परिवारका सदस्यहरुलाई कुरा सुनाइदेलान् कि भन्ने उनकाे डरलाई दर्शाउँछ।

दृष्य:-११.

मिलाेनी आफ्ना बुवाआमाकाे आज्ञा अनुसार ‘उनीहरुले भेट्नु’ भनेकाे केटालाई भेट्न जान्छिन्। कुरा गर्ने क्रममा केटाले तिमीलाई कहाँ बस्न मनलाग्छ भन्दा मिलाेनी ‘गाउँमा’ भन्छिन्। ‘गाउँमा के गर्छाै?’ भनेर साेध्दा मिलाेनी भन्छिन्, ‘बिहान खेती गर्छु, दिउँसो रुखकाे छायाँमा सुत्छु।’ यसले मिलाेनीमा उत्पन्न भएकाे गाउँप्रतिकाे माेहलाई देखाउँछ जसले पराेक्ष रुपमा रफिक र उनकी दादीप्रतिकाे माेहलाई सँकेत गर्छ।

मिलाेनी र रफिककाे चरित्रमा सान्या र नवाज़ुद्दिन

त्यही अर्काेपट्टि कसैकाे बर्थडे सेलिब्रेसन चलिरहेको हुन्छ। मिलाेनीलाई रफिककाे दादीकाे बर्थडे याद आउँछ। अर्काेदिन ट्याक्सीमा मिलाेनी रफिकलाई दादीकाे बर्थडे पार्टीबारे साेध्छ। रफिक ‘राम्रै भयाे’ भन्छ। त्यसपछि, अर्काे दृष्यमा मिलाेनीकाे आमाबाबुकाे कुरा सुनेर थाहा हुन्छ, मिलाेनीले त्याे केटालाई रिजेक्ट गरिदिइन्।

दृष्य:-१२.

बाटाेमा भेटिएकाे मिलाेनीकाे कलेजकाे शिक्षक उनलाई कफी पिउन क्याफे जानका लागि कर गर्छ। मिलाेनी मानिरहेकै हुँदिनन्, ऊ ‘तिम्राे फाेटाे अझै म सँग छ’ भनेर ब्ल्याकमेल गर्छ। तर पनि मिलाेनी मानिरहेका हुँदिनन्।

त्यहीबेला रफिक आउँछ, रफिकले ‘म्याडम सब ठीक छ?’ भन्छ। टिचरले रफिकलाई ‘सब ठीक छ। तिमी जाऊ न’ भन्छ तर मिलाेनी ‘मलाई जानु छ’ भनेर ट्याक्सीमा पस्छिन्। टिचर उनकाे हात समाउँदै उनलाई राेक्न खाेज्छ। तर मिलाेनी रुक्दिनन्।

याे देखेर रफिक अपसेट हुन्छ। ‘त्याे तपाईंकाे टिचर थियाे? साेधेर हात समाउनुपर्थ्याे। मन त लाग्याे कि बाहिर निस्केर (त्यसकाे पिटिदिऊ) तर केही गर्न सकिन।’

रफिककाे याे लाचारीमा पनि उनकाे मिलाेनीप्रतिकाे प्रेम झल्किन्छ। आफुले मनपराएकाे केटीलाई कसैले दुर्व्यवहार गरेकाे देख्दा रिस उठ्नु, त्यसलाई ‘कुच्याउन’ मन लाग्नु…याे पनि त प्रेम (काे अभिव्यक्ति) नै हाे।

रफिक र मिलाेनी बसमा

दृष्य:-१३.

रफिक मिलाेनीलाई आफ्नाे डेरामा लिएर आउँछ र उनकाे लागि खानेकुरा (पकाैडा) लिन जान्छ। भित्र काेठामा मिलाेनी रफिककाे फेसक्रिम देख्छिन्। मिलाेनीसँग भेटेदेखि रफिक सुन्दर देखिन फेसक्रिम लाउन थालेका हुन्छन्। किनभने, मिलाेनी गाेरी छिन्। रफिक कालाे। रफिकलाई पनि मिलाेनीजस्तै सुन्दर देखिनु छ। मिलाेनीसँग सुहाउँदाे (गाेराे) देखिनुछ, त्यसकाे लागि उपाय भनेकाे बजारले उपलब्ध गराएकाे फेसक्रिम बाहेक अरु छैन।

मिलाेनी रफिककाे डसनामुनि आफ्नाे धेरै तस्वीरहरु पनि भेट्छिन्। यसबाट उनले ‘रफिक मलाई मन पराउँछ’ भन्ने कुरा स्पष्टसँग थाहा पाउँछिन्। मिलाेनी अब साेचमा पर्छिन्। रफिक पनि साेचिरहेकै हुन्छ।

दृष्य:-१४.

रफिककी दादीले ‘मिलाेनी आफ्नाे धर्मकी केटी हाेइनन्, र उनकाे नाम पनि नूरी हैन’ भन्ने कुरा थाहा पाउँछिन् तर पनि नातिकाे खुशीकाे लागि उनलाई माफ गरिदिन्छिन्। भन्छिन्, ‘मैले हाेर्डिङ बाेर्डमा नूरीकाे फाेटाे देखेकी थिए, अर्कोदिन त्यहाँ हाेमलाेनकाे पाेस्टर थियाे। पति, पत्नी र दुईजना बच्चा।’ हाेम लाेनले मानिसहरुलाई घर बनाउन सहुलियतमा ऋण प्रदान गर्छ। त्यसरी नै उनी पनि आफ्नाे नातिले मिलाेनीसँग घर बसाउन् भनेर नातिलाई त्याे अवसर प्रदान गर्छिन्। उनी नातिलाई उनकाे पुर्ख्याैली घर निखन्ने जिम्मेवारीबाट मुक्त गरिदिन्छिन्। भन्छिन्, ‘किन याे बाेझ बाेकेर रातदिन पिसिरहन्छाै? छाेड याे बकवास। त्यत्रा दु:खकाे दिनहरु त मैले काटे। तिमीहरु तीनजनालाई मैले एक्लै पाले। त्यसबेला तिमी राेइमात्र रहन्थ्याै, कहिल्यै हाँसेनाै। फेरि किन त्याे समयलाई छात्तीमा मेडल बनाएर टाँसेर सजाउन चाहन्छौ? बिर्सिदेऊ त्याे समयलाई, त्याे घरलाई, ती मानिसहरुलाई। (नयाँ सुरुवात गर। मेराे अतीत तिम्राे नयाँ जीवनकाे सुरुवातमा बाधा बन्नुहुन्न।)’ याे एउटा आमाकाे मन हाे। सायद यति उदारता एउटी आमा/हजुरआमाले मात्र देखाउन सक्छिन्।

दृष्य-१५:-

मिलाेनी र रफिक सिनेमाहलमा भेट्छन्। उनीहरु फेरि सिनेमा हेर्न बस्छन्। सिनेमा हेर्दै गर्दा फेरि एकपटक मुसा मिलाेनीकाे खुट्टामाथिबाट कुद्छ। फेरि मिलाेनी असहज मान्छिन् र बाहिर निस्कन्छिन्। रफिक पनि उनकाे पछिपछि बाहिर निस्कन्छ। रफिक देख्छ कि मिलाेनी बाहिर बसिरहेकी हुन्छन्। रफिक उनकाे नजिकै गएर साेध्छ, ‘तपाईंलाई ठीक छ?’

मिलाेनी भन्छिन्, ‘म यही ठीक छु।’

रफिक भन्छ, ‘यहाँ समाेसा धेरै मीठाे पाइन्छ।’

मिलाेनी भन्छिन्, ‘तपाईंकाे फिल्म मिस भइरहेकाे छ।’

रफिक भन्छ, ‘बाँकीकाे कथा त मलाई थाहा छ।’

मिलाेनी साेध्छिन्, ‘पहिले हेर्नुभएकाे हाे तपाईंले?’

रफिक भन्छ, ‘हैन।…याे गीतपछि केटाकेटीबीच प्रेम हुन्छ। त्यसपछि, आमाबाबुले आपत्ति जनाउँछन्। किनभने, केटा माेटर मेकानिक हुन्छ त्यसैले, सबै फिल्मकाे कथा उस्तै त हुन्छ।

मिलाेनी भन्छिन्, ‘(त्यसाे भए) जाऔं’?’

रफिक भन्छ, ‘जाऔं।’

यसपछि दुवैजना निस्कन्छन्।

‘दृष्य-१५’, सिनेमाहल बाहिर रफिक र मिलाेनी

यसरी फिल्मकाे कथा अधुराेमै टुङ्गिन्छ। अपूराे मै टुङ्गिन्छ। त्याे पर्दामा चलिरहेको फिल्मकाे कथा पनि रफिककाे कथा जस्तै छ। केटाकेटी बीच प्रेम हुन्छ, अनि आमा-बाबुले आपत्ति गर्छन्, केटा मेकानिककाे साटाे फाेटाेग्राफर हाे, फरक यति। तर अन्त्यकाे दृष्य हेर्दा कतै सँगति नमिलेझै लाग्छ।

खुट्टामा मुसा कुद्दा मिलाेनी सिनेमाहलबाट उठेर आउनुले उनी अझै पनि रफिककाे माहाैलमा अभ्यस्त भइनसकेकाे वा त्याे माहाैलदेखि टाढा रहन खाेजेकाे जस्ताे देखाउँछ। अन्यथा, रफिक र उसकाे परिवारप्रति उनकाे चासाे त फिल्मभरि नै देखिन्छ। आफुले चिन्दै नचिनेकाे व्यक्ति रफिकले उनलाई उसकाे दादीकाे सामु उसकाे नक्कली प्रेमिका बनिदिनुभन्दा पनि उनी तयार हुन्छिन्। आजकाे जमानामा कुन चाँहि उच्च घरानाकी केटीले कुनै अपरिचितकाे यस्ताे अजीबाेगरिब प्रस्ताव मान्लिन् र?) उनी रफिकले भनेकाे प्राय: सबै कुरा मान्छिन्। रफिक र उनकी दादीलाई पटकपटक, निरन्तर भेटिरहन्छिन्, रफिककाे साथमा डुलिरहन्छिन्।

यदि मिलाेनीलाई सुक्ष्म नजरले नियाल्ने हाे भने मिलाेनी एकाँकीपनाकाे सिकार भएकाे देखिन्छिन्। उनी रफिकसँग प्रेम गर्छिन् वा गर्दिनन् स्पष्ट छैन। तर रफिकलाई आफ्नाे एक्लाेपनाबाट बच्ने साथी बनाइरहेकी चै स्पष्ट छ। किनभने, फिल्ममा मिलाेनीकाे कुनै साथी देखिन्दैनन्, जाे सँग उनी इंटररिएक्शन गर्न सकुन्।

आमाबाबुसँग उनकाे फर्मल कुराबाहेक अरु कुरा नै हुँदैन। अर्थात्, आमाबाबुकाे घनिष्टताबाट उनी टाढा छिन्। एउटी नाेकर्नीमात्र छिन् उनीसँग बाेल्ने। तर उनीसँग पनि आफ्नाे कुरा खासै सेयर गर्दिनन् उनी। उनमा एक्लाेपना र पढाईकाे दबाव छ। यस्ताेमा रफिक र उनकी दादीकाे रुपमा उनी समय बिताउने र मन भुलाउने बहाना पाउँछिन्। आफ्नाे एक्लाेपनाकाे उपचार पाउँछिन्।

मिलाेनीकाे चरित्रमा सान्या मलहाेत्रा

रफिक उनीभन्दा तल्लाे वर्गकाे (गरिब) व्यक्ति हाे जसकाे जरा गाउँसँग जाेडिएकाे छ। ऊ फरक परिवेशबाट आएकाे हाे जुन परिवेशसँग मिलाेनी परिचित छैनन्। त्यसैले, उनी गाउँ वा गाउँलेहरुबारे आफ्नाे नाेकर्नीबाट जान्न खाेज्छिन्। एउटा दृष्यमा एउटा केटालाई ‘गाउँमा बस्छु, खेती गर्छु’ भन्ने मिलाेनीकाे भनाईले उनी एकाँकी-एक्लाे सहरकाे आफ्नाे जीवनबाट दिक्क भएकाे र गाउँकाे सुन्दर कल्पना गर्ने गरेकाे देखिन्छ।

मिलाेनी रफिकसँग समुन्द्रीकिनार, हाेटल, सिनेमाहल र उसकाे घर/डेरामा पनि जान्छिन्। तर कतै पनि उनलाई लगाव वा आत्मीयता भएकाे दर्शकहरुलाई महसुस हुँदैन। सिनेमाहलमा पनि मुसा खुट्टमाथि कुदेपछि उनलाई असहज भएकाे र पछिसम्मै उनी सहज हुन नसकेकाे देखाइन्छ। त्यसकाे अर्थ हाे रफिककाे सँसारमा उनी सहज छैनन्।

उनी रफिकसँग नजिक छिन्। सधै रफिकलाई भेट्न आउँछिन् र रफिक साथ दिन्छिन्। उनी प्रेमपूर्ण गीत पनि सुन्छिन्। गाउँप्रति आशक्ति पनि देखाउँछिन्, यसले उनी पनि रफिकलाई प्रेम गर्छिन् कि जस्ताे पनि लाग्छ, तर अन्त्यमा जसरी उनी सिनेमाहलबाट बाहिरिन्छिन्, त्यसले उनी अझै पनि रफिककाे सँसारमा आउन तयार भइनसकेको देखाउँछ। सायद उनी दुविधामा छिन्, रफिकसँग एक हाेऊ कि नहाेऊ भन्ने दाेधारमा छिन् उनी।

रफिकले भने मिलाेनीलाई मन पराउने कुरा विभिन्न प्रसङ्गले प्रष्टाउँछन्। तर ऊ मिलाेनीलाई याे कुरा भन्न सकिरहेकाे हुँदैन।(यहाँसम्म कि मिलाेनीकाे लागि भनेर त्यत्राे कष्ट गरेर खाेजेर ल्याएकाे केम्पाकाेला पनि ऊ मिलाेनीलाई दिन सक्दैन।) किन सकिरहेकाे हुदैन? याे कुरा स्पष्ट छैन। मिलाेनी र उनीबीचकाे अमिल्दाे वर्गकाे कारण उनले भन्न नसकेकाे हाे कि? (तर याे कुराकाे सँकेत त फिल्ममा कतै पनि पाईन्दैन।) बा रफिक आफु लजालु भएकाे कारणले मिलाेनीलाई भन्न नसकेकाे हाे कि? तर रफिक उनलाई पटकपटक भेट्न बाेलाउन सक्ने, सिनेमाघर र आफ्नाे घर/डेरामा लिएर आउन सक्ने तर त्यति कुरा बताउन नसक्ने भन्ने त हुँदैन।

‘फाेटाेग्राफ’ काे पाेस्टर

यसप्रकार याे फिल्मकाे कथा नै एकदमै अमूर्त छ। उसै पनि यसकाे कथा अविश्वसनीय छ। (आफुले चिन्दै नचिनेकाे व्यक्तिले कुनै युवतीलाई उसकाे दादीकाे सामु उसकाे नक्कली प्रेमिका बनिदिनुभन्दा कुन चाँहि केटी राजी हाेलिन् र आजकाे जमानामा?) तर ट्रिटमेन्ट भने ‘रियलिस्टिक’ प्रदान गरेका छन् निर्दैशक रितेश बत्राले। यसका पात्रहरु पनि अमूर्त लाग्छन्, खुल्दै नखुल्ने वा अति कम खुल्ने। अस्पष्ट। मिलाेनी र रफिक दुवै सायद अन्याेलग्रस्त छन्। के गर्ने, कसाे गर्ने? निर्णय गर्न सकिरहेका छैनन्।

निर्दैशक रितेश बत्राले यसमा दुई अलग पृष्ठभूमिका पात्रहरु (केटा र केटीलाई) सँगै उभ्याएका छन्, तर एकाकार गराएका छैनन्। अर्थात्, कुनै ह्याप्पी एंडिङ गराएका छैनन्। के दुवै एक हाेलान् त? के गरिब केटा र धनी केटीकाे मिलन सम्भव हाेला? फिल्मले यसबारे केही पनि भन्दैन। याे फैसला गर्ने जिम्मा फिल्मले दर्शकहरुलाई नै छाेडिदिएकाे छ। याे भनेकाे ओपेन एंडिङ हाे। प्रेमस्रेम थाहा छैन। अहिलेलाई उनीहरु अझै एकअर्काकाे साथलाई निरन्तरता चाँहि दिने भएका छन्। सायद एकअर्कालाई थप परख गर्न चाहन्छन् वा अब के गर्ने भन्ने कुरा नै उनीहरुलाई थाहा छैन। यसकाे एन्डिङले यही देखाउँछ। उनीहरुकाे यात्राकाे गन्तव्य के हाेला? फिल्मले त्याे भन्दैन, दर्शकहरु आफैले त्याे परिकल्पना गर्नुपर्छ। अमूर्त फिल्म (Abstract Film) काे याे एउटा उपयुक्त उदाहरण हाे। यसमा मिलाेनीकाे गुमशुम, एकाँकी चरित्रकाे चित्रण भने धेरै हदसम्म सटिक लाग्छ। एब्सट्रयाक फिल्म रुचाउने दर्शकहरुलाई याे फिल्म मन पर्न सक्छ।

मा प्रकाशित