गढवा,२९ कार्तिक
समग्र देउखुरीको विकासका लागि गठबन्धनको जित आवश्यक रहेको लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री इन्द्रजित थारुले बताउनु भएको छ ।
पाँच दलीय गठबन्धनका कार्यकर्ता भेलालाई गढवा वडा नम्बर – ४मा भएको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताउनु भएको हो । संविधानको रक्षा, कानुनी राज्यको ग्यारेन्टी, विकास र सम्वृद्धिका लागि नै गठबन्धन बनेको बताउँदै मन्त्री चौधरीले भन्नु भयो, ‘यो गठबन्धन देशको विषम परिस्थितिका कारण बनेको हो । यो गठबन्धन मुलुक जोगाउँन बनेको हो ।
समावेशी संविधानको रक्षा गर्दै मुलुकलाई विकासको दिशातर्फ लैजान गठबन्धन बनेको हो । तसर्थ तपाईंहरु जनतालाई निर्धक्क यो कुरा बुझाउनुस् कि समग्र देउखुरीको विकासका लागि गठबन्धन जित्न आवश्यक छ ’ मन्त्री चौधरीले भन्नु भयो। देउखुरी बासीको सपना साकार पार्न आवश्यक रहेको बताउदै बाम लोकतान्त्रिक गठबन्धन लाई मतदान गर्न सम्पूर्ण लाई अनुरोध गर्नु भयो ।
बाम लाेकतान्त्रिक गठबन्धन गढवा वडा नं. ४ मा चुनावी अभियान मा जनताहरू संगकाे विचमा दङ्ग क्षेत्र नं. – १ का प्रतिनिधि सभा सदस्य माननिय सहरी विकास मन्त्री मेटमणि चाैधरी , लुम्बिनी प्रदेश दाङ क्षेत्र नं. १ (क) का प्रदेश सदस्य माननिय स्वास्थ्य मन्त्री ईन्द्रजित थारू लगायत प्रतिनिधि सभा सदस्य समानुपातिक उमेदवार नारायणी शर्मा , लुम्बिनी प्रदेश सभा सदस्य समानुपातिक उमेदवार चाैधरी लगायतकाले सम्वाेधन गर्नु भएको थियो ।