राप्ती नदीमा मृत अवस्थामा भेटिए बडहराका निश्चल यादव

आलोक भावुक

गढवा, २९ कार्तिक 

गढवा गाउँपालिका वडा नम्बर – १ बडहराका निश्चल यादवलाई मृत अवस्थामा प्रहरीले फेला परेको छ। यादव शनिबार दिउसो १२:१५ बजे कपाल काटेर नुहाउन गएको बेला राप्ती नदीमा डुबेर हराएका थिए। आज चौथौ दिन डुबेको स्थान देखी पश्चिम तिर झोलुङ्गे पुलको सिधा तल मृत अवस्थामा भेटिएको रामसुरत यादवले जानकारी दिनु भएको छ ।

१६ बर्षिय निश्चल यादव बुध्द ज्योति माध्यमिक विद्यालय गढवामा कक्षा दशमा अध्ययनरत थिए।

यही कार्तिक २६ गते दिउसो कपाल काटेर साथीसँग नदीमा नुहाउन गएका यादव नुहाउने क्रममा राप्ती नदीमा डुवेर वेपत्ता भएका थिए । कपडा धुन गएका महिलाहरुले डुब्दैन गरेको देखेर हारगुहार गरी स्थानीयलाई खबर गरेका थिए ।

जानकारी पछी तत्काल नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले डुंगाबाट र स्थानीय हुवाहरु पानीमै पसेर तिन दुई दिन खोजी गरे तर पनि कुनै सफल्ता मिलेको थिएन।

तेस्रो दिन सेनाको टोली, शसस्त्र प्रहरी, नेपाली सेनाको टोली, स्थानीयहरु र समशेरगञ्जबाट आएको तालिम प्राप्त गोताखोर टोली लागेका दिनभरी खोजतलास गरे तर फेला पार्न सकेका थिएनन्।

चौथो दिन बिहान करिब ८:४५ बजे डुबेको ठाउँ भन्दा दुई सय मित्र पश्चिम झोलुङ्गे पुलको नजिकै फेला परेको पारिवारिक स्रोतले बताएको छ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID