तेस्रो दिनपनि भेटिएनन् निश्चल यादव, गोताखोरको टिमद्वारा खोजीकार्य जारी

आलोक भावुक

गढवा,२८ कार्तिक

राप्ती नदीमा बेपत्ता भएका १६ बर्षिय बालक निश्चल यादवको तेस्रो दिनपनि दिनभरी खोजी कार्य जारी रह्यो तर भेटिएनन् ।

दोस्रो दिन सम्मा कडा मिहिनेत गरेर नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले डुंगाबाट र स्थानीय हुवाहरु पानीमै पसेर खोजी गरे तर पनि कुनै सफल्ता मिलेन।

दुई दिन सम्म खोज्दा पनि नभेटाएपछी तेस्रो दिन सोमवार तालिम प्राप्त समशेरगञ्जबाट गोताखोर टोली आएर खोजी कार्य सुरु गरेको तर पनि भेटाउन नसकेको उद्दारमा खटिएको नेपाली सेनाको टोलीले जनाएको छ।

यो समाचार तयार पर्दा सम्म ५८ घण्टा बिति सकेको छ तर अझै सम्म ति बालक लाइ भेटाउन नसक्दा स्थानीयहरु पनि अस्चार्य चकित भएका छन्।

गढवा गाउँपालिका वडा नम्बर १ बड्हराका रामगोपाल यादवका १६ वर्षीय छोरा निश्चल यादव गढवा गाउँपालिका वडा नम्बर १ बड्हरास्थित झोलुङगे पुल नजिक राप्ती नदीमा शनिबार दिउँसो सवा १२ बजेको समयमा नुहाउने क्रममा वेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ।

कपाल काटेर साथीसँग नदीमा नुहाउन गएका बालक डुवेर वेपत्ता भएपछि कपडा धुन गएका महिलाहरुले हारगुहार गरी स्थानीयलाई खबर गरेका थिए ।

स्थानीयहरुले खबर पाए लगत्तै सम्बन्धित निकायलाई खबर गरी खोजी कार्य सुरु भएको हो। खोजीकार्यमा बिहानै देखी नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली, समशेरगञ्जबाट आएको गोताखोर टोली लागेका हुन।

खोजीकार्य स्थलमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, बिभिन्न राजनीतिक दलका नेता,प्रेस सेन्टर गढवाकी अध्यक्ष पुष्पा पौडेल, आफन्त, गाउँले र स्थानीयहरुको ठुलो मात्रामा उपस्थिति रहेको थियो। तेस्रो दिन पत्ता नलागे पछी मंगलबार देखी पानीको निकाश अर्कै तिर घुमाएर पानीको सतह कम गरी खोजीकार्य अझै तिब्र पारिने बताइएको छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID