अटो पल्टिदा गढवामा एक जना घाइते

आलोक भावुक

गढवा, २४ कार्तिक

अटो पल्टिदा गढवामा एक जना सामान्य घाइते भएका छन्। घाइते हुनेमा गढवा गाउँपालिका वडा नम्बर-५ मगहर निवासी अटो चालक राम प्रसाद चौधरी रहेका छन्।

अटो दुर्घटना सुर्यदय मेडिकल अगाडि भएकोले अटो चालक लाई तुरुन्तै मेडिकल पुर्याइएको र चेकजाँच गर्दा अवस्था सामान्य रहेको सुर्य मेडिकलले जनाएको छ ।

आइतबार साँझ करिब ८:४० बजे तिर गढवा गाउँपालिका वडा नम्वर – ६ शिविर बाट भे १ ह ३५२३ नम्बरको अटो मगहर फर्किने क्रममा गढवा बजारको सुर्यदय मेडिकल हलको अगाडि बाटोमा उभिराखेको ट्रयाक्टरमा ठोक्किन पुग्दा अटो दुर्घटना भएको प्रत्यक्षदर्शिहरुले बताएका छन्।

मा प्रकाशित