अनिवार्य अवकाश प्राप्त जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद आचार्य लाई बिदाई

आलोक भावुक

गढवा,२० कात्तिक

अनिवार्य अवकाश प्राप्त जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद आचार्य लाई गढवा गाउँपालिकाले कार्यक्रमको आयोजना गरि सम्मान सहित बिदाई गरेको छ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ‘बिस्वास’ को अध्यक्षता तथा कोइलाबास स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद आचार्यको प्रमुख आतिथ्यमा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको हो।

गढवा गाउँपालिका वडा नम्वर आठ कोइलाबासमा रहेको कोइलाबास स्वास्थ्य चौकीमा जन स्वास्थ्य अधिकृतको रुपमा कार्यरत स्वास्थ्य चौकी प्रमुख कृष्ण प्रसाद आचार्य ३६ वर्ष २५ दिन स्वास्थ्य कर्मचारी भएर देशलाई सेवा गर्नु भएको बताउनुभयो भयो।

गढवा गाउँपालिकाले जनस्वास्थ्य अधिकृत आचार्यलाई अनिवार्य अवकाश पश्चात् औपचारिक रुपमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको छ । विभिन्न कालखण्डमा आफ्नो इमान्दारीता प्रस्तुत गर्दै ३६ (छत्तीस) वर्ष २५ दिन सेवा अवधी पार गर्दै गर्दा उहाँले अनिवार्य अवकाश प्राप्त गर्नु भएको हो । नेपालगंज उप-महानगर पालिका वडा नम्बर ९ बाके घर भएका आचार्य हाल उमेरले ६० वर्ष पार गर्नु भएको छ।

बिदाई कार्यक्रममा बोल्दै अधिकृत आचार्यले बांकी जिवन देश र जनताको सेवामा समर्पित गरिने बताउनु भयो। ३६ वर्षी २५ दिन स्वास्थ्य क्षेत्रमा काम गर्नु पाउनु आफ्नो लागि ऐतिहासिक पल भएको बताउदै अधिकृत आचार्यले अबको यात्रा समाज सेवामा र पारिवारलाई दिने बताउनु भयो। १३ हजार १ सय ६५ दिनमा आफुले स्वास्थ्य क्षेत्रमा इमानदारी पुर्वक जनतालाई सेवा गरेको र यस दौरान धेरै चुनौतीहरूको सामाना गरेको स्मरण गर्दै भावुक समेत हुनुभयो।

बिदाई कार्यक्रम बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जनस्वास्थ्य अधिकृत आचार्यसंगको सहकार्य यादगार पल भएको बताउदै बाँकी जिवन सुखद र सफल रहास् भनि शुभकामना समेत दिनु भयो। उमेरले धेरै घटीबढी भए पनि अधिकृत आचार्य बाट आफुले धेरै कुरा सिकेको भन्दै उहाँको सोझोपन र एक कुसल कार्यदक्षता प्रस्तुत गर्नु भएका आचार्यले गढवा गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा अहम् भुमिका खेल्नु भएको भन्दै प्रशंसा समेत गर्नु भयो।

त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले जनस्वास्थ्य अधिकृतको रुपमा कार्यरत आचार्यले गढवा गाउँपालिका बासीको मन जित्न सफल हुनु भएको भन्दै तारिफ गर्नु भयो। कोइलाबास जस्तो बिकट ठाउँमा पनि निरन्तर जनताको सेवा घरमै पुगेर सेवा दिन सहज नभएको भन्दै अधिकृत आचार्यलाई धन्यबाद समेत दिनु भयो।

कार्यक्रममा गढवा गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, बिभिन्न शाखाका प्रमुखहरु कर्मचारी लगाएतको उपस्थिति रहेको थियो।

गढवा गाउँपालिकाका योजना शाखा प्रमुख कुलराज कुमालको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID