बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

गणतन्त्रनेपाल डटकम

पाकिस्तान आइसिसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ११ बल बाँकी हुँदै मात्र ५ विकेटको क्षतिमा पुरा गर्‍यो।

उसका लागि मोहम्मद रिजवानले सर्वाधिक ३२ रन बनाए। यस्तै मोहम्मद हरिसले ३१ रन बनाउँदा कप्तान बाबर अजामले २५ रन बनाए।

सान मसुदले नटआउट रन बनाए।

बंगलादेशका लागि नसुम अहमद,शाकिब अल हसन र इबादत हसनले १-१ विकेट लिए।

त्यसअघि एडिलेडमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनाएको थियोर।

उसका लागि ओपनर नाजमुल हुसेन शान्तोले अर्धसतकीय इनिङ्स खेले। ४८ बल खेलेका उनले ७ चौकासहित ५४ रनमा आउट भए।

यस्तै आफिफ हसनले २४ रन बनाउँदा सौम्य सरकारलेले २० रन जोडे। लिथन दासले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बंगलादेशलाई सस्तैमा रोक्न पाकिस्तानका शाहिन साह अफ्रिदीले करियरकै उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए।

शादव खानले २ तथा हरिश रौफ र इफ्तिखार अहमदले समान १-१ विकेट लिए।

पाकिस्तानले अन्तिम ४ मा स्थान बनाएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा भारतले जिम्बाबेसँग खेल्दै छ।

नेदरल्याण्डको जितले एक खेल अगावै भारत समुह ‘२’ बाट सेमिफाइनल पुगेको छ। अन्तिम खेलमा भारतले आज जिम्बाब्वेलाई पराजित गरे समूह विजेताको रुपमा सेमिफाइनल पुग्नेछ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID