मोबाइलको नेटवर्क खोज्न अग्लो स्थान धाउनुपर्ने बाध्यता छ-चिमचिमे बासी

आलोक भावुक

गढवा, ११ कार्तिक

दाङको गढवा गाउँपालिका वडा नम्बर – २ चिमचिमेका भौगोलिक रूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । मोबाइलमा कुरा गर्न उनीहरु अग्लो स्थान खोज्दै धाउनुपर्ने बाध्यता छ ।

पटकपटक सरोकारवालालाई समस्या दर्साउँदा पनि सामाधान नभएको स्थानीयवासीको गुनासो छ । अहिलेको युग बिज्ञान र प्रविधिको युग भनिएता पनि चिमचिमे गाउंमा आज सम्म पनि कुनै पनि नेटवर्कले काम गर्दैन। आफन्त संग बोल्न परे घण्टौ समय लगाएर पहाडको डाँडोमा जानु पर्छ। वर्षौंदेखिको नेटवर्क समस्या यथावत रहेको पीडा चिमचिमे बासीहरुसँग छ।

गढवा गाउँपालिका वडा नम्बर – २ मा पर्ने चिमचिमे गाउमा लगभग ८३ घरपरिवार बसोबास गर्दै आएका छन् । चिमचिमे गाउंमा कुनै पनि ठाउँमा नेटवर्कले काम गर्दैन। सामान्यत मोबाइलमा फोन गर्न नपाउदा आफुहरु पिडामा रहेको स्थानीयहरु बताउँछन्।

स्थानीयवासीहरु मोबाइलमा कुरा गर्नका लागि अग्लो उत्तरको पहाडमा लगभग चालिस मिनेट हिडेर आउनु पर्छ यात दक्षिण पहाडमा लगभग एक घण्टा हिडेर डाँडोमा पुगेपछी मोबाइल नेटवर्कले काम गर्ने स्थानीय हेमराज सुनार बताउछन्

महत्वपूर्ण सूचना आदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै डाँडामा जाने गरेको सुनारले बताउछन्।

एक मिनेट फोनमा कुरा गरे हुनेमा घण्टौं हिंडेर सम्बन्धित व्यक्तिसँग भेट्नुपर्ने बाध्यता कायमै छ । सुगम स्थानमा दिनहुँजसो आफन्तसँग कुराकानी भइरहने भए पनि चिमचिमे बासी भने आफन्तसँग कुरा गर्न टावरको पर्खाइमा छन् । हातहातमा मोबाइल छन् तर टावर नहुँदा समस्या छ।

जिल्लाका विभिन्न स्थानमा नेपाल टेलिकमको नेटवर्क टावरको सङ्ख्या पर्याप्त भएपनि आफ्नो बस्तीमा आज सम्म कुनैपनि राजनीतिक दलको आँखा नपुगेको र नेटवर्क विस्तारमा ढिलासुस्तीका कारण दुर्गम गाउँका मानिसले प्रविधिको प्रयोगबाट वञ्चित हुनुपरेको स्थानीयवासीकोे गुनासो छ ।

महँगो खालका मोबाइल सेट गाउँमा पुगेका भए पनि नेटवर्क र टावर नहुँदा आफूहरुले कर मात्रै तिर्नुपरेको स्थानीय पोष्ट राम बहादुर थापा केसीले बताउनुभयो ।

नेटवर्कले मात्रै काम नगर्दा धेरै युवा रोजगारमूलक सूचना प्राप्त गर्नबाट वञ्चित रहेका छन् भने कतिपय किसान राहतका साथै सरकारी अनुदानका सूचना नपाउँदा समस्या भोगिरहेका स्थानीयवासी देवका रानाले बताउनुभयो ।

दुर्गम गाउँको बसाई त्यसमा पनि प्रविधिको पहँुचमा नपुग्नाले धेरै सरकारी सेवासुविधाबाट पनि टाढा हुनपरेको र समयमा सूचना पनि प्राप्त नहुने उहाँको भनाइ छ ।

न त बत्ति थियो न कुनै पनि सुविधा आफुले निर्वाचन जितेपछी चिमचिमे गाउमा असम्भव ठाउँमा बिध्धुत बिस्तार गरेको गढवा गाउँपालिका वडा नम्बर – २ का अध्यक्ष भक्तु चौधरीले बताउनुभयो। बाटो सञ्चालनमा थियो बिनाशकारी बाढी पहिरोले बाटो पुरै क्षेती पुर्‍याको तर आफु निरन्तर लागि परेको र गोरेटो बाटो बनाउने प्रकिया सुरु भैसकेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो।

चिमचिमे बस्ती लाई लक्षित गरेर नेपाल टेलिकम संग सहकार्य भैरहेको र केही समयमा टावर निर्माण कार्य सुरु गरिने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । “हामी सम्पूर्ण पालिका बासीहरूको हरेक समस्या लाई एकदमै जिम्मेवारी पूर्वक हेरिरहेका छौ र चिमचिमे सम्मको बाटोको स्थलगत अवलोकन गरेर भरखरै आएका छौ । पहिरोले बाटोमा ठुलो क्षति पुर्‍याएको छ ।

गोरेटो बाटो निर्माणका लागि केही रकम पठाई सकेका छौ र बाँकी तिहार सकिए लगत्तै बाटोको निर्माण कार्य सुचारु गर्छौ”- गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्माले बताउनुभयो।

चिमचिमे बासीको नेटवर्कको समस्या पनि केही समयमा समाधान हुने हिसाबले प्रक्रिया अगाडी बढाएको अध्यक्ष शर्माले बताउनुभयो। सम्बन्धित निकायको ध्यान जाओस्। आशा गरौ चिमचिमे बासीलाई घरमै सुतेर फोन गर्ने दिन छिट्टै आउछ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID