
गढवा २५, असोज
११ औं अन्तर्राष्ट्रिय बालिका दिवस अवसरपारी बक्तृत्वकला प्रतियोगिता कार्यक्रम मंगलबार गढवामा सम्पन्न भएको छ।
बिध्यार्थी नेहा चौधरीको अध्यक्षतामा सम्पन्न बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो। अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भबिष्य भन्ने नाराका साथ क्रियटिङ पोसिबिलिटिज नेपालले ११ औं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो। ‘ लैङ्गिक समानताः हाम्रो अधिकार, हाम्रो भबिष्य विषयक’ बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको क्रियटिङ पोसिबिलिटिज नेपालका बिध्यार्थी संयाेजक हेमराज शर्माले जानकारी दिनुभयो।
प्रतियोगितामा पवित्रा चौधरी प्रथम, वर्षा चौधरी द्वितीय र आशकुमारी चौधरी तृतीय र उमा चौधरीले सान्त्वना स्थान हाँसिल गरेका हुन् ।

कार्यक्रममा ३२ जनाले भाग लिनु भएको थियो। कार्यक्रममा क्रियटिङ पोसिबिलिटिज नेपालले सहयोग गरिरहेका ४५ जना छात्रछात्राको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै पवित्रा चौधरीले बालिका हिंशा र विभेद अन्त्यका लागि घरपरिवारबाट नै परिवर्तन ल्याउनु पर्ने बताउनु बताउनुभयो । त्यस्तै वर्षा चौधरीले महिला र पुरुष एक रथका दुई पाङ्ग्रा भनेता पनि अँझै पनि समाजमा असमान व्यवहार रहेको बताउदै त्यसको अन्त्यका लागि सबैको महत्वपूर्ण भूमिका हुने कुरामा जोड दिनुभएको थियो।

कार्यक्रमको संचालन आयूवा चौधरीले गर्नु भएको थियो । बालिकाहरुको शैक्षिक र सामाजिक विकासका लागि सन् २०१२ देखि संयुक्त राष्ट्र संघले यो दिवस मनाउन थालेको हो । विश्वभर विभिन्न कार्यक्रमहरू गरी अक्टुबर ११ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । अल्पविकसित तथा कैयाैं विकसित देशहरुमा बालिकाहरु विभिन्न हिंसामा परेकाे, शिक्षा, रोजगार, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताबाट बञ्चित भइरहेको अवस्था छ । बालिकाहरुको आधारभूत मानवीय पक्षहरुको संरक्षण गर्दै विश्व समुदायको हरेक क्षेत्रमा बालिकाहरुको स्वतन्त्रता, सम्मान र सहभागीताका लागि संयुक्त राष्ट्रसंघले विश्वभर यो दिवस मनाउने गरेको छ । जसलाई विश्वका सम्पूर्ण देशहरुले समर्थन गरेका छन् ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




