शरिर जलेको युवालाई गढवा गाउँपालिका द्वारा उद्दार

आलोक भावुक

शरिर जलेको युवालाई गढवा गाउँपालिकाले उद्दार गरेको छ।गढवा गाउँपालिका वडा नम्बर – ७ मोतीपुरका ३२ बर्षिय प्रेम नारायण चौधरी फुलपातीका दिन पुजा गर्ने क्रममा आगोमा परेर जलेका पारिवारिक स्रोतले जनाएको छ। चौधरीको छातीको भाग बढी र हातमा जलेको छ।

जलेपनी उपचार गर्नुको साटो झारफुकमा लागेर दश दिन सम्म घरमा राखिएको पारिवारिक स्रोतले भन्यो।

गढवा गाउँपालिकाको न्यायिक समितिका सदस्य रेखा कुमारी थापाले जानकारी पाए लगत्तै पिडितको स्वास्थ अवस्था बुझ्न पिडितको घरमै पुग्नु भयो ।

घरमा पुग्दा शरिरको धेरै भाग जलेको र पारिवारिक अवस्था कमजोर रहेको औषधी उपचार गर्न नसकेको बताए पछी थापाले गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल लाई पिडितको बारेमा जानकारी गराउनु भयो।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले खबर पाउने बित्तिकै, उपाध्यक्ष शारदा कुमारी चौधरी सहित पिडितको घर मोतीपुरमा पुगेर तत्काल औषधी उपचारका लागि गढवा स्वास्थ्य चौकीका डाक्टर केदार अधिकारीलाई फोन गरेर बोलाउनु भयो।

डाक्टरले चेकजाँच गर्दा अवस्था जटिल रहेकोले गढवामा उपचार हुन सम्भव नरहेको बताउदै प्रादेशिक अस्पताल तुलसीपुर लैजान सुझाव दिनु भयो।

गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरीको न्यायिक समितिका सदस्य रेखा कुमारी थापा सहितको टिमले छलफल गरेर तत्काल एम्बुलेन्स बोलाई तुल्सिपुर पठाएको गढवा पालिकाले जनाएको छ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID