प्रतिनिधि सभा भंग गर्नेलाई सजाय दिने अवसर आयो : मन्त्री चौधरी

गणतन्त्र नेपाल संवाददाता

नेकपा (एकीकृत समाजवादी)का पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले जनताको सर्वाेच्च निकाय प्रतिनिधि सभा भंग गर्नेहरुलाई जनताले सजाय दिने सुनौलो अवसर आएको बताएका छन् ।

एकीकृत समाजवादी क्षेत्र नं १, दाङको आयोजनामा सोमबार लमहीमा आयोजित दशैं तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री चौधरी भने, ‘सबै मिलेर बिगतमा पञ्चायत फालियो । राजतन्त्र फालियो । नयाँ संविधान मार्फत् गणतन्त्र पनि सबै मिल्दा मात्र संभव भएको हो । अब फेरि जसले जनताको सर्वाेच्च निकाय प्रतिनिधि सभा दुई दुई पटक भंग गर्याे त्यसलाई सजाय दिने सुनौलो अवसर आएको छ ।’

नयाँ संविधान समावेसी, प्रगतिशील, महिला मैत्री, सिमान्तकृत जन जातीका पक्षमा रहेकाले यसलाई समाप्त पार्न केपी ओली लागेको बताउँदै मन्त्री चौधरीले थपे, ‘विश्वमै उत्कृष्ट संविधान हामीले बनाएका थियौँ । जनताको ठुलो त्याग र बलिदानबाट बनेको नयाँ संविधानमाथि किन निरन्तर प्रहार भयो, किन त्यत्रो उपलब्धि समाप्त पार्न खोजियो भन्ने कुरा अब जनताले बुझिसकेका छन् । राष्ट्रिय सभाको चुनावदेखि स्थानीय चुनावसम्म आइपुग्दा ओली पार्टी रक्षात्मक बन्दै गएको छ र अबको चुनाबबाट समाप्त हुने दिशातर्फ उन्मुख भएको छ ।’
गठबन्धन दलका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विस्वासी, केन्द्रीय सदस्य शारदा श्वर्णकार, केन्द्रीय अनुशासन आयोगका सदस्य विर बहादुर केसी, जिल्ला अध्यक्ष सुरामणि बेल्बासे, माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य मिश्रीलाल यादव, नेपाली कांग्रेसका जिल्ला कमिटी सदस्य घनश्याम सुवेदी, जनमोर्चाका कपिलदेव खनाल लगायतले मन्तव्य राखेका थिए ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID