
गढवा गाउँपालिका वडा नम्बर – ६ मनिकापुरको परिवर्तन टोल विकास संस्था द्वारा वृहद सरसफाई गरिएको छ ।
परिवर्तन टोल विकास संस्थाका अध्यक्ष जित बहादुर आले मगरको अगुवाइमा बनघुस्री गाँउमा सरसफाई गरिएको हो ।
देशै भरि डेङ्गु बिरामि बढीरहेको बेला सरसफाई लाई बिशेष ध्यानमा राखेर बृहत सरसफाई गरिएको संस्थाका अध्यक्ष जित बहादुर आले मगरले जानकारी दिनु भयो।
डेङ्गु रोग नियन्त्रण सम्बन्धी लामखुट्टेको वासस्थान खोजी र लार्भा नष्ट लाई ध्यानमा राखि बृहत सरसफाई गरिएको अध्यक्ष आलेले बताउनुभयो।
सरसफाईमा परिवर्तन विकास संस्थाकी उपाध्यक्ष गिता बिक, सचिव बिनोद बिक, सदस्यहरुमा धन बहादुर सुनार, हरि बहादुर घर्ती, कृष्ण घर्ती, उज्जवल सिंह बुढा र स्थानीयहरुको सहभागीता रहेको थियो।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




