३२औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवशको उपलक्ष्यमा जेष्ठ नागरिक कोसेली कार्यक्रम सम्बन्धित छलफल तथा जीवन दर्शन सम्बन्धित कार्याक्रम शनिबार गढवामा सम्पन्न भएको छ ।
जेष्ठ नागरिक तेज प्रसाद न्यौपानेको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। गढवा गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा जेष्ठ नागरिक कोसेली कार्यक्रम सम्बन्धित छलफल तथा जीवन दर्शन सम्बन्धित कार्यक्रमको बारेमा छलफल गरिएको हो ।
गढवा गाउँपालिकाका सबै वडाको प्रतिनिधित्व हुने गरी जेष्ठ नागरिकहरुलाई बोलाई छलफल गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले जानकारी दिनुभयो। “जेष्ठ नागरिक उत्थानशिलता :बद्लिँदो विश्वको लागि अपरिहार्यता” भन्ने मुल नाराका साथ जेष्ठ नागरिकहरु संग कोशेली कार्यक्रमका लागि छलफल गरिएको हो ।
कार्यक्रममा ६० भन्दा बढी जेष्ठ नागरिक तथा सरोकार वाला हरूको सहभागिता रहेको उक्त कार्यक्रममा जेष्ठ नागरिकको समस्याका बारेमा उपस्थित माझ छलफल गराएको र उठेका सवालको सहजीकरण गाउँ पालिका उपाध्यक्ष शारदा कुमारी चौधरी र महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले जेष्ठ नागरिक को परिभाषा, जेष्ठ नागरिकको आवस्यकता, जेष्ठ नागरिक संग हुन सक्ने दुर्व्यवहार, जेष्ठ नागरिकका समस्याहरू, जेष्ठ नागरिकका समस्या समाधानका उपायहरू, जेष्ठ नागरिक लाई राज्यले दिएका सेवा सुबिधा हरू लगायत अन्य बिषयमा पालिका एकदमै चासोको रुपमा हेरेको बताउनु भयो।
जेष्ठ नागरिक भवन निर्माण, धार्मिक एवम् ऐतिहासिक स्थलको भ्रमणको व्यवस्था, जेष्ठ नागरिक वडा स्तरीय समिति एवम् पालिका स्तरीय संजाल गठन, समयमै सबैलाई अनिवार्य सामाजिक सुरक्षा भत्ता दिनुपर्ने तथा समाजिक सुरक्षा भत्ताको रकम बृद्धि गर्नु पर्ने लगायत सुझाव उपस्थित जेष्ठ नागरिक बाट आएको थियो l ऋषि राज अधिकारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।
मा प्रकाशित