दाङकाे चाैपट्टामा बस दुर्घटना, २२ जना घाइते

गणतन्त्रनेपाल समाचारदाता

दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

जिल्लाकाे लमही घाेराही सडक खण्डकाे चाैपट्टामा बस दुर्घटना हुँदा २२ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

घाेराहीदेखि लमही जाँदै गरेकाे रा १ ख १८४५ नम्बरकाे यात्रुबाहक बस चाैपट्टामा दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।

घाइतेकाे उद्दार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।चालककाे बायाँ खुट्टामा गम्भीर चाेट लागेकाे छ ।
बसकाे ब्रेक फेल भई भित्तामा ठाेक्किदा दुर्घटना भएकाे बताइएको छ  ।घाइतेहरूको पहिचान गरिरहेको प्रहरीले जनाएको छ।

 

मा प्रकाशित