पालिका स्तरीय क्रिकेट तथा वडा स्तरीय फुटबल प्रतियोगिता सुरु

आलोक भावुक

 गढवा- १७ असोज

गढवा गाउँपालिका स्तरीय क्रिकेट तथा वडा स्तरीय फुटबल प्रतियोगिता गढवा-५ मा सुरु भएको छ।

खेलकुद मुल समितिका अध्यक्ष माधव यादवको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर – ५का अध्यक्ष लेखराज थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। असोज १३ गतेदेखि सुरु भएको प्रतियोगिता असोज १७ गते सम्म चल्ने भएको र प्रतियोगितामा गढवा गाउँपालिका भरीका गरी १५ ओटा क्लबहरुले नाम दर्ता गराएको मुल समितिका संयोजक माधव यादवले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेखराज थापाले स्वास्थ्यका लागि खेलकुद एकदमै आवश्यक रहेको बताउदै प्रतियोगिहरु लाई नियमसंगत खेल्न अनुरोध गर्नु भयो । खेलकुद प्रतियोगिता लाई प्रतिस्पर्धा मात्र नभई अनुशासित र मर्यादित बनाउन प्रतियोगिहरु लाई अनुरोध गर्नु भयो । खेलकुद मुल समितिका उप संयोजक रमेश खड्काको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रकाश चौधरीले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID