गढवा गाउँपालिका द्वारा अनाथ महिलाको उद्दार

आलोक भावुक

गढवा गाउँपालिकाको पहलमा अनाथ महिलाको उद्दारगढवा गाउँपालिकाको पहलमा एक अनाथ महिलाको शुक्रबार उद्धार गरिएको छ ।
बिगत २ महिना देखी बिरामी भएको र आफन्त कोही पनि नभएको खबर पाएपछी गढवा गाउँपालिकाले ति अनाथ महिला लाई उद्दार प्रक्रिया अघि बढाएको हो ।


गढव गाउँपालिका वडाध्यक्ष नम्बर – ४ खडकपुरमा पानपसल सञ्चालन गर्दै आएकी अन्दाजी ६० बर्षिय सुक्मा भण्डारीको उद्दार गरेको गढवा गाउँपालिकाले जनाएको छ ।
महिला लाई उद्दार गरेर निल सागर सेवा आश्रम नेपालगंज पठाईएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।


गढवा गाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेल,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, वडा नम्बर – ४ का वडाध्यक्ष हरिभगत चौधरी,वडा सदस्यहरु अतिउल्ला मनिहर, टुुकमान कुंवर, माओवादी नेता बिरेन्द्र चौधरी, स्थानीय बुद्धिजीवी मनिराम पौडेल,इलाका प्रहरी कार्यालय गढवाका प्रतिनिधि, निल सागर सेवा आश्रम नेपालगंज अभियान्ता गरिबु चौधरी र देव प्रकाश चौधरी, दिनेश पोख्रेल, प्रेस सेन्टर गढवाकी अध्यक्ष पुष्पा पौडेल, कृष्ण पन्थी र स्थानीयको उपस्थितिमा छलफल गरी आश्रम पठाईएको हो।

निल सागर सेवा आश्रम नेपालगंजले स्थानीय सरकार, सुरक्षा संयन्त्र र स्थानीको सामन्वयमा असाहाय, हिंसा पीडित र बेवारिसे अवस्थाका ब्यक्तिहरु लाई सुधार सुरक्षा सहितको आवास व्यवस्थापनको काम गर्दै आएको र सुक्मा भण्डारी लाई पनि त्यही राख्ने अभियान्ता देव प्रकाश चौधरीले जानकारी दिनु भयो।

मा प्रकाशित