स्वास्थ्य क्षेत्रमा दाङ जिल्लाका १० वटा गाँउपालिका मध्ये गढवा गाउँपालिका दोस्रो स्थानमा

आलोक भावुक

स्वास्थ्य क्षेत्रमा दाङका १० वटा पालिका मध्ये गढवा गाउँपालिका जिल्लामै दोस्रो नम्बरमा उत्कृष्ट घोषित भएको छ। पहिलो नम्बर राप्ती गाउँपालिका भएको छ।

स्वास्थ्य क्षेत्रमा गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिका मध्ये राप्ती गाउँपालिका पहिलो र गढवा गाउँपालिका दोस्रो उत्कृष्ट घोषित भएको छ । स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीका अवसरमा स्वास्थ्य कार्यालय दाङले जिल्लाका अरु पालिकामध्ये गढवा गाउँपालिकाले स्वास्थ्यका विभिन्न सूचकहरु गत वर्षको कार्यक्रममा ९औ पालिकामध्ये सबै भन्दा राम्रो बनाएको आधारमा सोमबार घाेराहीमा एक कार्यक्रमका बीच दोस्रो भएको घोषणा गर्दै प्रमाण पत्र प्रदान गरिएको छ । त्यसैगरी राप्ती गाउँपालिका लाई प्रथम पुरस्कार प्रदान गरिएको छ।

खोप कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, स्वास्थ्यका लक्षित कार्यक्रमसहित १६ वटा सूचकलाई आधार बनाएर गरेको कामको उत्कृष्ट घोषित गरिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए । यस्तै, जिल्लाको तुलसीपुर उपमहानगरपालिका तेश्रो र बंगलाचुली गाउँपालिका चौथो भएको छ ।

उत्कृष्ट भएका पालिकालाई घोराही उपमहनगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा लगायतले प्रमाण पत्र हस्तान्तरण गरे । गत आर्थिक वर्षमा पालिकाले स्वास्थ्य कार्यक्रमका गरेको कामको मुल्यांकन गर्न स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत भरत कवरको संयोजकत्वमा गठित ४ सदस्यीय टोलीले उत्कृष्टता घोषणा गरेको हो ।

जिल्लामा संचालित प्रमुख जनस्वास्थ्यका कार्यक्रम समेटी विभिन्न १६ वटा सूचकलाई आधार बनाएर कामको आधारमा प्राप्त गरेको अंकलाई मान्यता दिँदै १० वटै पालिकाको क्रम निर्धारण गरिएको हो । जस अनुसार, पाँचौँमा राजपुर गाउँपालिका, छैठौँमा घोराही उपमहानगरपालिका, सातौँमा शान्तिनगर गाउँपालिका, आठौँमा लमही नगरपालिका, नवौँमा बबई गाउँपालिका र अन्तिममा दंगीशरण गाउँपालिका रहेको छ ।
कार्यक्रममा जिल्लाका १० वटै पालिकाले पालिकागत रुपमा गत वर्ष गरेको स्वास्थ्य क्षेत्रका कामका बारेमा जानकारी गराउँदै कार्य प्रगति र चुनौतिका बारेमा अवगत गराएका थिए । वार्षिक समिक्षा गोष्ठीले आगामी दिनमा पालिका पालिकाबीच समन्वय स्थापनासँगै देखा परेका समस्या र चुनौतिलाई समाधान गर्दै स्वास्थ्यका सूचक सुधारमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।

आफ्नो उद्देश्य पहिलो हुने भएतापनि केही कमीकमजोरी भएको कारण दोस्रो उत्कृष्ट भएको बताउदै आगामी दिनमा सुधार्ने अवसर मिलेको गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताए । जिल्लाका १० गाउँपालिका मध्ये गढवा दोस्रो उत्कृष्ट गाउँपालिकामा पर्नु खुसीको कुरा भएको भन्दै आगाभी दिनमा स्वास्थ्य क्षेत्रमा बिशेष पहल गर्ने जानकारी दिए ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID