दक्षिण भारतीय फिल्महरुले मनोरंजन प्रदान गर्छन्। यसका साथै, ती फिल्महरुले स्थानीय र सामाजिक मुद्दाहरुलाई पनि उठाइरहेका हुन्छन्। तर बलिउड फिल्महरु निश्चित फर्मुलाहरुमथि आधारित आफ्नाे पुरानै ढर्रामा चलिरहेका हुन्छन्। पा रंजीत-मारी सेल्वाराजकाे ‘परिएरूम पेरूमल’ र करण जौहर-पुनीत मल्होत्राकाे ‘स्टुडेन्ट अफ दि येएर’ मा यस अन्तरलाई स्पष्टसँग देख्न सकिन्छ।
पछिल्ला केही समयदेखि बलिउड फिल्महरुले बक्स-अफिसमा खासै कमाल देखाउन सकिरहेका छैनन्। याे कुरा आजकल बुद्धिजिवी एवं फिल्म समीक्षकहरुका वृत्तमा चर्चाकाे विषय बनेको छ। सामान्य मानिसहरु (जो फिल्महरुका बारेमा धेरै कुरा जान्दैनन्) पनि सोशल मीडियामा यस विषयमाथि टिकाटिप्पणीहरु गरिरहेका छन्। जस्तै, के बलिउड फिल्महरु इतिहासकाे आफ्नाे सबैभन्दा खराब दाैरबाट गुज्रिरहेका छन्? आखिर बलिउडकाे कुनै पनि फर्मुला दर्शकहरुलाई आकर्षित गर्न किन सफल भइरहेका छैनन्?
बलिउड फिल्महरु असफल हुनुका कैयौं कारण छन्। केवल यति भनेर काम चल्दैन कि फिल्महरु बक्स-अफिसमा यसकारण सफल भइरहेका छैनन् किनभने ती कला (Art) फिल्महरु हुन्, जो एक विशिष्ट वर्गका दर्शकहरुका लागि बनाइएका हुन्। सबैका लागि हाेइनन् र यही कारण हाे कि तिनको केवल निन्दा मात्र भइरहेको छैन, बरु असँख्याैं मानिस तिनकाे प्रशंसा पनि गरिरहेका छन्।
गत २२ जुलाई २०२२ मा रिलिज भएकाे बलिउड फिल्म ‘शमशेरा’ बक्स-अफिसमा उत्तानाेचित पर्याे। यही बिषयलाई लिएर अभिनेता संजय दत्तले सोशल मिडियामा लेखे, ‘फिल्महरु यसकारण बनाइन्छ कि दर्शकहरु तिनकाे आनन्द लिन सकुन्। र हरेक फिल्मले आज नभए भाेलि, आफ्नाे दर्शक वर्गलाई पाई नै हाल्नेछ। ‘शमशेरा’ ले पनि कुनै न कुनै दिन आफ्नाे दर्शक पाएरै छाेड्नेछ। (तबसम्मकाे लागि) म याे फिल्मकाे साथमा बलियोसँग उभिएकाे छु।…कला र यसप्रति हाम्राे प्रतिबद्धता त्याे घृणाभन्दा कैयौं गुणा ठूलाे छ, जसकाे हामी सामना गरिरहेका छाैं।’
यहाँनेर प्रश्न याे छ कि सँजय दत्तले आफ्नाे बचाउ गर्नुपर्ने आवश्यकता किन पर्याे? किन उसले #ShamsheraIsOurs ह्यासट्यागकाे प्रयोग गर्नुपर्याे? यसभन्दा पहिले त यस्ताे हुँदैनथ्यो। फिल्महरु दर्शकहरुका लागि बनाइन्छ, निर्माताहरु र कलाकारहरुका लागि हाेइन। फिल्म निर्माताहरु र कलाकारहरुले आफ्नाे फिल्महरुकाे यसरी बचाऊ गर्नु र परोक्ष रूपले दर्शकहरुलाई नै सिनेमाकाे कलाकाे सम्मान नगरेकाेमा दोषी ठहराउनु के आमजनता/आमदर्शकहरुलाई तुच्छ देखाउनु हाेइन?
वरिष्ठ पत्रकार तथा विचारक दिलिप मण्डल यस फिल्मकाे बारेमा लेख्छन्, ‘आदिवासी र अछूतहरुमाथि फिल्म बनाए। कथा नीलेश मिश्राद्वारा लेखाए। डायलग पीयूष मिश्राद्वारा लेखाए। रोल कपूरहरुद्वारा गराए। महिला रोल पनि कपूरलाई दिए। डायरेक्टर मल्होत्रालाई बनाए। संगीत शर्माद्वारा कम्पाेज गराए। सिनेमेटोग्राफी गोस्वामीद्वारा गराए। जसलाई हेर्याे, उहीँ भ्वाइस अफ भ्वाइसलेस बन्न उद्धत छन्। थाेरै त मर्यादा राख्नुहाेस्। याे पनि त साेच्नुहाेस् कि सिनेमाघर कुन (वर्ग/समुदायका) मानिसहरुद्वारा भरिन्छन्?’
यहाँनेर, मण्डल बलिउड फिल्म उद्योगमा प्रतिनिधित्व र समावेशीकरणसँग जाेडिएका महत्वपूर्ण सरोकारका कुरा गरिरहेका छन्।
हुन सक्छ तपाईंलाई अछूत प्रथा र जातिय अत्याचारका बारेमा धेरै कुरा थाहा हाेला, तर जुन मानिसहरुले याे सब भाेगे, उनीहरुलाई साथ नलिई तपाईं याे आशा कसरी गर्न सक्नुहुन्छ कि जातिसँग जाेडिएका मुद्दाहरुमाथि केन्द्रित फिल्मले बाटाे बिराउँदैन भनेर? यस्ताे फिल्मलाई बनाउँदा ‘निम्न जाति’ का मानिसहरुकाे भागिदारी जरूरी छ – यस्ता मानिसहरुकाे जसले जातिगत वंचना र भेदभावलाई झेलेकाे हाेस्। तपाईंसँग जतिसुकै संसाधन हाेस्, तर यस्ता मानिसहरुकाे सहयोग बिना तपाईं जातिमा जकडिएकाे समाजकाे सटीक चित्रण गर्न सक्नुहुन्न। यसैले याे जरूरी छ कि तपाईं आफ्नाे ढाेका विविध पृष्ठभूमिका मानिसहरुका लागि पनि खोल्नुहाेस्।
इंग्ल्याण्डमा निवासरत शोधकर्ता तथा अध्येता पूर्णचन्द्र बलिउड फिल्महरुकाे घट्दाे लोकप्रियताकाे विश्लेषण गर्दै भन्छन्, ‘अहिले मानिसहरुसँग अधिक विकल्प छ। उनीहरुले सिनेमाहल जानुपर्ने आवश्यकता नै छैन। सिनेमाहल अब उनीहरुकाे घरकाे बैठककाेठामै आइपुगेको छ। ओटिटी प्लेटफर्महरुले बलिउडकाे प्रभुत्वलाई समाप्त पारिदिएका छन्। फिल्महरु हेर्ने पारम्पारिक तरिका बदलिएकाे छ। साथै बलिउड फिल्महरुकाे विषयवस्तुकाे गुणवत्ता घटेकाे छ। यी कारणहरुले दर्शकहरुले बलिउडलाई छोडेर अन्य क्षेत्रीय फिल्महरुमा रूचि देखाइरहेका छन्।’
डबिङ र सब-टाइटलिङका कारण, क्षेत्रीय र अन्तर्राष्ट्रिय सिनेमाकाे पहुँचमा वृद्धि भएकाे छ। दक्षिण भारतीय फिल्महरुकाे विषयवस्तु सदैव राम्राे रहिआएकाे छ, तर एक समयसम्म दक्षिण भारतीय फिल्महरुले भाषाकाे पर्खाल र आर्थिक समस्याहरुका कारण कहिल्यै पनि अखिल भारतीय स्तरमा प्रतिष्ठा प्राप्त गर्न सकेन र यसकाे लाभ बलिउडले उठायाे।
तर अब परिदृश्य बदलिसकेकाे छ। बलिउडकाे सबैभन्दा ठूलाे स्टार सलमान खानले समेत आफ्नाे करिअरलाई पुन: लिकमा ल्याउनका लागि ‘वांटेड’ जस्ताे दक्षिण भारतीय फिल्मकाे रिमेककाे सहारा लिनुपर्याे। बलिउडकाे शीर्ष कलाकारहरुकाे चमक अहिले फिक्का भएकाे छ। यहाँसम्म कि कैयौं हिन्दी रियलिटी शाेहरु समेत हिन्दी फिल्महरुकाे याे भनेर मजाक उडाइरहेका छन् कि दक्षिण भारतीय फिल्महरुकाे लोकप्रियताकाे सामु हिन्दी फिल्महरु टिक्न सकिरहेका छैनन्।
बलिउड फिल्ममेकरहरु अब दक्षिण भारतीय कलाकारहरु र फिल्ममेकर-निर्दैशकहरुसँग मिलेर काम गरिरहेका छन्। कलाकार आलिया भट्टले तेलुगु फिल्म ‘आरआरआर’ मा अभिनय गरिन् भने अनन्या पाण्डेले तेलुगु फिल्म ‘लाइगर’ मा, जसकाे निर्माण करण जौहरले गरेका हुन्। सलमान खान तेलुगु फिल्म ‘गडफादर’ मा काम गरिरहेका छन् जसकाे पुष्टि उनले गरेका छन्। याे फिल्म निर्माणाधीन चरणमा छ। भारतमा फिल्म निर्माणकाे केन्द्र अब दक्षिणतर्फ सर्दै गइरहेको छ र यसाे हुनुकाे मुख्य कारण हाे, बलिउड आमदर्शकहरुकाे अपेक्षाहरुलाई पूरा गर्न असफल हुनु। बलिउड फिल्म/फिल्ममेकरहरु आमदर्शकहरुकाे अपेक्षाहरुलाई पूरा गर्न असफल भइरहेका छन् जसकाे कारण दक्षिणका फिल्महरुतर्फ दर्शकहरुकाे आकर्षण बढेकाे छ।
जब फिल्ममेकर अनुराग कश्यपसँग साेधियाे कि ‘बलिउड फिल्महरु किन त्यति राम्राे प्रदर्शन गर्न सकिरहेका छैनन्, जति दक्षिण भारतीय फिल्महरुले गरिरहेका छन्?’ तब उनकाे जवाफ थियाे, ‘याे प्रश्नकाे अत्यन्त सीधा उत्तर छ। कारण याे हाे कि हिन्दी फिल्महरुकाे जरा नै छैन। तपाईं तमिल, तेलुगु वा मलायलम फिल्महरु हेर्नुहाेस्। तिनीहरुकाे जरामा तिनीहरुकाे संस्कृति छ – चाहे त्याे मूलधारकाे संस्कृति होस् वा कुनै विशिष्ट क्षेत्र वा समुदायकाे। तर हाम्राे फिल्महरुकाे जरा नै छैन। यस्ता मानिसहरु जाे हिन्दी बोल्न जान्दैनन्/सक्दैनन्, जो अंग्रेजी बोल्छन्, उनीहरू हिन्दी फिल्महरु बनाइरहेका छन्।’
मलाई लाग्दैन कि कुनै भाषा बोल्न सक्ने वा बोल्न नसक्नेकाे यससँग कुनै सम्बन्ध छ। मलाई लाग्छ कि यसकाे सम्बन्ध संस्कृतिसँग छ। दक्षिण भारतीय फिल्महरु मनोरंजन प्रदान गर्छन्। यसका साथै, तिनीहरु स्थानीय र सामाजिक सँस्कृतिलाई देखाइरहेका हुन्छन्, स्थानीय मुद्दाहरुलाई उठाइरहेका हुन्छन् तर बलिउड फिल्महरु एक निश्चित फार्मुलामाथि आधारित आफ्नाे पुरानै ढर्रामा चलिरहेका हुन्छन्। पा रंजीत-मारी सेल्वाराजकाे ‘परिएरूम पेरूमल’ र करण जौहर-पुनीत मल्होत्राकाे ‘स्टुडेन्ट अफ दि येएर’ मा यस अन्तरलाई स्पष्टसँग देख्न सकिन्छ। करण जौहरकाे फिल्मकाे कलेज आमजनतालाई आफ्नाे कलेज जस्ताे लाग्दैन। जबकि सेल्वाराजकाे फिल्मकाे कलेज त्यहाँका आमजनतालाई आफ्नै कलेज जस्ताे लाग्छ। उनकाे कलेज त्यहाँकाे समाज र मानिसहरुसँग जाेडिएकाे हुन्छ। यही फरक छ।
बलिउडले फेरि जम्ने हाे भने आफ्नाे जरातर्फ फर्किनुपर्छ। आफ्नाे समाज, आफ्नाे सँस्कृति, आफ्नाे मान्छेहरुतिर फर्किनुपर्छ। उनीहरुका कथाहरु टिप्न, उन्न र बुन्न थाल्नुपर्छ। त्याे जरा नै हाे जसले बलिउडलाई उसका मान्छेहरुसँग जाेडेर राखिरहन्छ। बलिउडले अब माैलिक सिनेमाहरु बनाउनु जरुरी छ। आफ्नै समाजका कथाहरु देखाउनु जरुरी छ।