सुआहारा दोस्रो कार्यक्रमको सिकाई कार्यशाला सम्बन्धी कार्यशाला गोष्ठी गढवामा सम्पन्न

आलोक भावुक

स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत पालिका तहमा सुआहारा दोस्रो कार्यक्रमको सिकाई कार्यशाला आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी विहिवार गढवामा सम्पन्न भएको छ ।

गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्भुराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रम बोल्दै उपाध्यक्ष शारदा कुमारी चौधरीले पोषण सुधारको क्षेत्रमा सुआहारा कार्यक्रमले धेरै राम्रो काम गरेकाले अहिले पालिकाले त्यसको अपनत्व लिएर पोषणसम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । आजको अवशक्ता भनेको गर्भवती महिला र गर्भमा रहेको बच्चालाई स्वस्थ राख्नु भनेको भन्दै प्रदेश सरकारले अबलम्बन गरेका कृषि नीति, रणनीति, खाद्यसुरक्षा र पोषण योजना, नेपाल सरकारले अबलम्बन गरेका पशुपंक्षी नीति, रणनीति, खाद्यसुरक्षा र पोषण योजनाअन्तर्गत उल्लेखित पोषण र खाद्यसुरक्षा प्राथमिकता साथै पोषण संवेदनशील पशुपंक्षीसम्बन्धी कार्यक्रम तथा प्रणाली विकासको विषयमा सहजीकरण तर्फ पनि आग्रसर हुनुपर्ने बताउनुभयो ।

गढवा गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा भएको सुआहारा कार्यक्रमको प्रगति र देखिएका समस्याहरुको बारेमा स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनु भएको थियो ।

त्यसैगरी कार्यक्रममा बोल्दै वडा नम्बर – ५का अध्यक्ष लेखराज थापाले सुआहारा कार्यक्रमले स्वास्थ्य क्षेत्रमा पेस गरेको आँकडा लाई मध्यनजर गर्दै त्यो आँकडालाई बढाउने तर्फ अग्रसर हुनु पर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा गढवा गाउँपालिकाका वडा नम्बर २का अध्यक्ष भक्तु चौधरी, ३ नम्बर वडाका वडाध्यक्ष तुलसी राम अधिकारी, ४ नम्बर वडाका वडाध्यक्ष हरिभगत चौधरी, ५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापा, ६ नम्बर वडाका वडाध्यक्ष विर बहादुर आले मगर र कार्यपालिका सदस्य रमा भण्डारी, चन्द्रा केसी,मिना पुन, सुर्य बहादुर नेपाली, हेमन्ती कुमारी कुमाल,रोजगार शाखा प्रमुख अशोक कुमार यादव, आईटी प्रमुख रञ्जित पौडेल, बालबालिका तथा महिला शाखा प्रमुख प्रेरणा चन्द, सामाजिक सुरक्षा कार्यक्रमका प्रमुख रिषि यादव, राजस्व शाखा प्रमुख कृष्ण प्रसाद पौडेल, योजना शाखा प्रमुख कुलराज कुमाल, प्राविधिक शाखा प्रमुख बिनय कुमार यादव, स्वास्थ्य शाखा उपप्रमुख द्रोपदा सुबेदी,पशु शाखाका खेम बहादुर चौधरी, सुहारा कार्यक्रम अन्तर्गत कृषि तथा बजारिकारण अधिकृत सेतलाल डागी, खानेपानी तथा सरसफाइ अधिकृत रोसन चौलागाईं, खानेपानी तथा सरसफाइ कार्यक्रमका संयोजक सञ्जय चौधरी, बरिष्ट प्राबिधिक संयोजक अमृत पौडेल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको बारेमा सुआहारा बरिष्ठ कार्यक्रम संयोजक बिकाश रोकायाले जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID