सबैका लागि पढाई परियोजना अन्तर्गत अभिमूखिकरण कार्यक्रम गढवामा सम्पन्न 

आलोक भावुक

गढवा-२२ भाद्र 

सबैका लागि पढाई परियोजना अन्र्तगत अभिमुखिकरण कार्यक्रम बुधबार गढवामा सम्पन्न भएको छ ।

गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका प्रमुख यमनरायण शर्मा पोख्रेलको प्रमुख अतिथ्ययमा समपन्न भएको हो ।

अपाङ्ग मानव अधिकार एवम् सरोकार मञ्च दाङको आयोजना तथा यु.एस.आई.डि.को आर्थिक सहयोग, विश्व शिक्षाको प्राविधिक समन्वय र हेन्डिक्याप ईन्टरनेस्नल साझेदारीद्वारा सञ्चालित सबैका लागि पढाई परियोजनाद्वारा सञ्चालित कार्यक्रम अपाङ्गता क्षेत्रमा काम गर्दै आईरहेको यस संस्थाले सामुदायिक विद्यालयका शिक्षक, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी र स्थानीय तह लाई अपाङ्गता र समावेशी शिक्षा सम्बन्धी अभिमूखिकरण कार्यक्रम गर्दै आएको संस्थाले जनाएको छ।

यस्तै सामुदायिक विद्यालयमा रहेका शिक्षकले कक्षा कोठामा अध्यापन गराउँदा अपाङ्गता पहिचान गरी कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुलाई सोही अनुसारको व्यवहार देखाउँदै सहज रूपमा शिक्षा प्रदान गरी शिक्षण गर्न सजह हुने उदेश्यले यो कार्यक्रम गरिएको अपाङ्ग मानव अधिकार मञ्च बोर्ड कार्यकारी सदस्य देवका खनालले जानकारी दिनु भयो।

कार्यक्रममा बिषयबस्तुको वारेमा अपाङ्ग मानव अधिकार मञ्च बोर्ड कार्यकारी सदस्य देवका खनाललेले सहजीकरण गर्नु भएको थियो । खनालले कार्यक्रमको उद्देश्य, कार्यान्वयन तथा सञ्चालन, अपेक्षित उपलब्धिहरु, कार्यगत सीमितताको प्रारम्भिक पहिचान, प्रारम्भिक कक्षा पढाई मूल्याङ्कन, वैयक्तिक शैक्षणिक योजना, अपाङ्गताको पहिचान, प्रकार र वर्गीकरणको वारेमा चर्चा गर्नु भएको थियो।

 

त्यसैगरी कार्यक्रममा गढवागाउँपालिका लेखाशाखा प्रमुख शम्भुराज आचार्य, प्रशासन प्रमुख पुनाराम शर्मा, गढवा स्वास्थ्य चौकीका डाक्टर केदार अधिकारी, गढवा गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्द,अपाङ्ग मानव अधिकार मञ्च बोर्ड अध्यक्ष भविसरा घर्तिमगर, अपाङ्ग समन्वय समितिका सदस्य साबित्रा पौडेल, कार्यपालिका सदस्य रमा अधिकारी, अपाङ्ग समन्वय समिति गढवाका अध्यक्ष भरत पन्त, न्यायिक समिति सदस्य सुरेश पौडेल, इलाका प्रहरी कार्यालय गढवाका पवन कुमार चौधरी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन सबैका लागि पढाई कार्यक्रमको दाङ जिल्ला संयोजक गिता पौडेलले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID