जस्तो सुकै चुनौती मोलेर भएपनि राजधनी स्थापित गरेरै छाड्छु : मुख्यमन्त्री 

आलोक भावुक

गढवा – १० भाद्र

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जस्तो सुकै चुनौती मोलेर भए पनि राजधनी स्थापित गरेरै छिड्ने बताउनु भएको छ ।

शुक्रबार राप्ती गाउँपालिकामा प्रदेश पूर्वाधार विकास प्राधिकरणको जग्गा एकीकरण आयोजनाको मुख्य कार्यालय उद्घाटनको कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले यस्तो बताउनुभएको हो।

प्रदेश सरकारको पहिलो कार्यकालदेखि नै आफू यस बिषयमा एकदमै जोडतोडले लागेकोले हुनाले राजधानी र यस क्षेत्रको विकास जसरी पनि गरेर देखाउन चुनौती रहेपनि यसलाई मैले मेरो मुख्य एजेन्डामा पारेको छु र विकास गरेर देश लाई नै आकर्षित पार्ने काम गर्ने मुख्यमन्त्री केसीको भनाई थियो।

लुम्बिनी प्रदेशको राजधनीको नामाकरण र प्रदेशको राजधानीको मुकाम राप्ती उपत्यकालाई पारित गर्नका लागि ठूलो संघर्षबाट मात्रै घोषणा गर्न सकेको बताउनुभयो ।आफ्नो पहिलो उद्देश्य नै राजधानी निर्माण भएकाले गर्दा त्यसलाई पूर्णता दिन आफु पछी नपर्ने बताउनुभयो।

मुख्यन्त्री केसीले आफूले राजधनी राप्ती उपत्यका बनाउनको लागि आफ्नो जीवन नै हत्केलामा राखेर घोषणा गरेको आफ्नो कार्यकालमै गरि छाड्ने र आफ्नो पहिलो गौरवको आयोजना मध्ये लुम्बिनी प्रदेशको राजधानी निर्माणको भएको बताउँदै त्यसका लागि जस्तो सुकै चुनौती मोलेर भए पनि राजधनी स्थापित गरेर नै छाड्ने बताउनुभयो।

राजधानीको नामाकरण गर्न र राजधानी तोक्न त्यति सहज नभएको भन्दै सदनमा ठूलो संख्या राप्ती उपत्यकाको विपक्षमा नै थियो हामीलाई निकै कठिन थियो तर पनि तत्कालीन मुख्यमन्त्री र आफू कानून मन्त्री भएकोले मात्रै सम्भव भएको भन्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि यहाँका राजनीतिक दल, स्थानीय जनप्रतिनिधी र सबैले सहयोग गरेर आफ्नो राजधानीको सपना पूरा गर्ने कार्यमा लाग्नका लागि सबैलाई निर्देशन दिनुभएको छ ।

उहाँले राजधानी निर्माणको लागि कार्य विधि पारित भएको, प्रदेश सभा भवन बनिसकेकोले राजधानीको गुरुयोजना निर्माण भईसकेको, प्रदेशको राजधानीका लागि जग्गा एकीकरणका लागि कार्यदल भइसकेको बताउँदै अब त्यसलाई करिव ४ महिनामा कार्य सम्पादनका हिसावले काम गर्नका लागि अगाडि बढाउनको लागि प्रदेश पूर्वाधार प्राधिकरणलाई जिम्मेवारी अगाडि बढाउनुपर्ने जानकारी दिनुभयो ।

उहाँले लुम्बिनी प्रदेश सरकारको राजधानी निर्माण, लुम्बिीनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय र रामपुर कपुरकोट ४ वटा गौरवको आयोजना भएकोले गर्दा ती गौरवको आयोजनालाई सम्पन्न गर्ने आगामी कार्यकालको सरकारको पनि कार्यभार भएको बताउनुभयो ।

मुख्यमन्त्री केसीले लुम्विनी प्रदेश सरकारले राजधानी निर्माणका लागि लाग्नका लागि सबैले सयोग नगरेमा कार्यन्वययनमा दिलाई हुने बताउँदै यदी प्रदेश सरकारले जगिमन रोक्का नगरेको भएमा यति बेला राजधानी निर्माण हुने स्थल जमिनदार र व्यापारीले किनबेच गरि सक्दीने बताउनुभो ।उहाँले राजाधानी निर्माणमा बाधक शक्तिहरु लागेको बताउँदै त्यसको विरुद्ध र त्यो प्रविधिको विरुद्धमा सबै लाग्नका लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजित थारुले लुम्बिनी प्रदेश सरकारले प्रदेशबासीलाई पायक पर्ने स्थानमा देउखुरी उपत्यकामा राजधनी बनाउनको लागि मन्त्रालय निर्माणका लागि पारित गरेकोले सबै जनताको सहयोग अनिवार्य भएको बताउनुभयो । मन्त्री थारुले लुम्बिनी प्रदेशको राजधानीको विकासका लागि सम्पूर्ण राजनीतिक दल, कर्मचारी र स्थानीय जनताको सरसल्लाह र सुझाव आवश्यक रहेको भन्दै त्यसका लागि सबै मिलेर अगाडि बढ्नु पर्ने बताउनुभयो।

कार्यक्रममा प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छबिराज पोख्रेलले बिगतलाई स्मरण गर्दै लुम्बिनी प्रदेशको विकाश र राजधनीको विकाश जसरी पनि आफ्नै कार्यकालमा पुरा गर्ने योजना रहेको जानकारी दिनुभयो।

राजधानी निर्माणको लागि राजधानी गूरु योजना निर्माण कार्य, जग्गा एकीकरण आयोजनाको मुख्य कार्यालय सञ्चालन र प्रदेश राजधानीको भौतिक संरचना निर्माणका लागि बोलपत्र भइसकको हुनाले अब अब यसकार्य लाई रोक्न नमिल्ने बताउनु भयो ।

मा प्रकाशित