सारङ्गी बजाई जनचेतनामूलक सन्देश प्रवाहका लागी मेचिकली अभियान

आलोक भावुक

लोकबाजा सारङ्गी को नारा लिएर भाईरल कलाकार कलौटे गन्धर्वका जेठो छोरा कलाकार हेमराज गन्धर्व र कलाकार सुरेश गन्धर्व लगायतको टोली गढवा गाउँपालिकामा पुगेको छ।
नेपालको मेचीदेखि पश्चिम महाकालीसम्म लोकबाजा सारङ्गी बजाई जनचेतनामूलक सन्देश प्रवाह गर्ने नेपाली समाजमा बिध्यामान रहेको केरीति, कुसंस्कार, विकृति विसंगति, लैङ्गिक हिंसा, बालविवाह बिरुध्द गित संगित प्रवाह गर्दै विहिवार दाङ जिल्लाको गढवा गाउँपालिकामा आईपुगेका छ।
समाजमा रहेको बिकृति बिसंगति लाई अन्त्य गर्ने उद्देश्यले सारङ्गी बजाई मेचि देखी महाकालीसम्मको यात्र सुरु गरेको कलाकार हेमराज गन्धर्वले जानकारी दिनु भयो।
अभियानकै क्रममा गढवा गाउँपालिका पुगेको कलाकार टिमलाई गढवा गाउँपालिकाका कर्मचारीहरुले सहयोग गरेको छ।
देश, जनता र बिकृति बिसंगति लाई अन्त्य गर्ने उद्देश्यले सारङ्गी बजाई मेचि देखी महाकालीसम्मको महान यात्रा सुरु गरेको भन्दै स्वच्छिक रुपमा सहयोग गर्नु पर्ने भन्दै कर्मचारीहरुले सहयोग गरेको प्रशासन प्रमुख पुनाराम शर्माले जानकारी दिनु भयो। कलाकारको टिमले दाङ हुदै महाकालीसम्म को यात्रा गर्ने छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID