गढवामा पालिकास्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न 

आलोक भावुक

गढवा – ८ भाद्र

भूउपयोग योजना र भूमि सम्बन्धी समस्या समाधानका लागी स्थानीय सरकारको भुमिका बिषयक पालिकास्तरिय अभिमुखीकरण कार्यक्रम गढवामा सम्पन्न भएको छ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले भूमिहीन सुकुम्बासीहरुको समस्या लाई पहिचान गरी समाधान गरिने बताउनु भयो ।केही समय भित्रै पालिकामा समिति बनाएर भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने तर्फ अफु अग्रसर रहेको बताउनु भयो।

जग्गा नापजाँचमा देखिएको समस्या लाई पालिकाको समिति र जिल्ला स्तरको समिति संग सहकार्य गरेर तत्काल समस्याको समाधान खोजिने जानकारी दिंदै सरकारले लामो समयपछि भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुन ल्याएको भन्दै तर ती कानुनभित्र रहेका राम्रा पक्षको बारेमा सबैलाई बुझाउन आवश्यक रहेको बताउनुभयो।

‘सरकारले लामो समयपछि भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुन ल्याएको छ , अध्यक्ष पोख्रेलले भन्नु भयो, ‘यसका राम्रा विषयको बारेमा छलफल गरी वास्तविक सुकुम्बासी, भुमिहिन अव्यवस्थित बसोबासीहरुको पहिचान गरि समस्या समाधान गर्ने जिकिर गर्नु भयो।

राष्ट्रिय भूमि आयोग स्थानीय सहजीकरण समितिका संयोजक कल्पना कार्की र अधिकृत बिस्वास नेपालीले राष्ट्रिय भूमि आयोगको भूउपयोग योजनाको सिद्धान्त, भूउपयोगको क्षेत्रहरु र यसको काम कर्तव्यको बारेमा सहजीकरण गर्नु भएको थियो।

कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर योगी, प्रशासन प्रमुख पुनाराम शर्मा, वडा नम्बर – ५ का अध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडाका वडाध्यक्ष बिर बहादुर आले मगर, वडा नम्बर – ३का वडा सदस्य आशाराम चौधरी, एकीकृत समाजवादीका राम प्रसाद गैरे, वडा नम्बर – २ का वडाध्यक्ष भक्तु चौधरी, नेपाली काँग्रेसका पुरन चौधरी लगाएतकाको उपस्थिति रहेको थियो।

कार्यक्रमको संचालन गढवा गाउँपालिकाको प्रशासन प्रमुख पुनाराम शर्माले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID