संचारकर्मी एवं गीतकार केएल पीडितको राजनीतिमाथि व्यङ्ग्य गरिएको तीज गीत सार्वजनिक

गणतन्त्र समाचारदाता

       संचारकर्मी एवं गीतकार केएल पीडितले विकृत राजनीतिमाथि व्यंग्य गरेको तीज गीत ल्याएका छन् ।

“ए दिदीबहिनी आफ्नो नेता आफै बन्ने हो” शिर्षकको तीज गीत हाइलाइट्स नेपालबाट सार्वजनिक भएको छ। संचारकर्मी पीडितको शब्द, निर्देशन तथा प्रस्तुति रहेको यस तीज गीतमा माण्डवी त्रिपाठीको स्वर, विपिन आचार्यको लय तथा एरेन्ज छ । यस गीतमा अभिनेता अर्जुन श्रेष्ठ, कमल गाउँले, दक्षिणा सिंह ठकुरी, सुलोचना श्रेष्ठ र भरत श्रेष्ठको अभिनय रहेको छ । देशमा गरिखाने अवस्था नभएर परदेश लाग्न बाध्य हुनु परेको, देशमा वेथिती र अव्यवस्था मौलाएको,जनता भोक/रोगले थलिएको तर नेताहरू भने चिल्लो गाडीमा शयर गर्ने गरेको जस्ता सामाजिक/राजनीतिक सन्दर्भहरुलाई गीतमा सशक्तढंगले उठाउन गरिएको छ ।

साथै भ्रष्ट, ठग र रोगी नेताहरूलाई राजनीतिबाट विस्थापित गरी नयाँ पुस्तालाई नेतृत्व लिन आह्वान गरिएको छ । यस तीज गीतको परिकल्पनाकारमा ई. अनन्तराज घिमिरे रहेका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID