विज्ञापन प्रकाशन नगर्ने १४८ मेनपावर कम्पनीलाई जरिवाना

गणतन्त्र नेपाल समाचारदाता

विज्ञापन प्रकाशन नगर्ने १४८ वटा मेनपावर कम्पनी कारबाहीमा परेका छन् । वैदेशिक रोजगार विभागले ३ र ४ साउन २०७९ को मितिमा विज्ञापन प्रकाशन गर्न विभागबाट पूर्वस्वीकृति लिई राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन नगर्ने मेनपावर कम्पनीलाई ५० हजार रुपैयाँका दरले जरिवाना गरेको हो ।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार कोटामा कामदार माग भएमा मेनपावर कम्पनीले राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने हुन्छ । त्यसरी विज्ञापन प्रकाशन नगर्ने कम्पनीलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ बमोजिम जरिवाना गरिएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।

दफा ४९ मा कुनै इजाजतपत्रवालाले दफा १६ बमोजिम विज्ञापन प्रकाशन नगरेमा वा विभागको स्वीकृति बिना विज्ञापन प्रकाशन गरेमा विभागले त्यस्तो इजाजतपत्रवालालाई ५० हजार रुपैयाँ जरिवाना गरी त्यस्तो विज्ञापन रद्द गर्न लगाउने व्यवस्था छ । दफा १६ मा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था छ । इजाजतपत्रवालाले तोकिए बमोजिमको विवरण खुल्ने गरी कामदार छनौट गर्न नेपाली भाषामा प्रकाशन हुने कुनै राष्ट्रियस्तरको दैनिक पत्रिकामा सात दिनको म्याद दिई विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।

३ गतेका लागि स्वीकृति लिएका ५५ र ४ गतेका लागि स्वीकृति लिएका ९३ मेनपावर कम्पनीलाई जरिवाना गराइएको विभागले जनाएको छ । तीमध्ये ४ वटा मेनपावर कम्पनीले पूर्व स्वीकृति नलिइ विज्ञापन प्रकाशन गरेको पाइएको महानिर्देशक पौडेलले बताए । विभागको अनुगमन तथा अभिमुखीकरण शाखाले ती कम्पनीको सूची विभागको वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID