स्थानिय विपद तथा जलवायु उत्पादनशिल समिति गढवाको बैठक सम्पन्न

आलोक भावुक

स्थानिय विपद तथा जलवायु उत्पादनशिल समितिको बैठक आज गढवामा सम्पन्न भएको छ।

कार्यबाहक गढवा गाउँपालिका अध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले स्थानिय विपद पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ अद्यावधिक नेपाल रेड्क्रस सोसाइटी दाङ शाखाद्वारा संचालित ईनकोर कार्यक्रमको प्राविधिक सहयोगमा निर्माण गरी गाउँपालिका लाई हस्तान्तरण गरी योजनालाई कार्यपालिका समक्ष पेश गर्ने निर्णय गरेको छ । साथै गढवा गाउँपालिकाको बाढी आकस्मिक योजना र राप्ती नदीको पूर्वानुमानको आधारमा बाढी पूर्व गरिने पूर्व कार्यहरुको योजना एर्ली एक्सन प्लान हस्तान्तरण गरी आगामी दिनमा सबै सरोकारावाला निकायको सहयोग र समन्वय बाट विपद पूर्व तयारी तथा प्रतिकार्यका गतिविधिहरु प्रभावकारी रुपमा संचालन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी गढवा गाउँपालिकामा स्थापित स्थानीय विपद ब्यवस्थापन समितिका सदस्हरु लाई गाउँपालिका क्षेत्रका विपद ब्यवस्थापन समिति तथा अन्य कार्यदलहरुको विवरण उपलब्ध गराउने निर्णय गरेको छ।

बैठकमा गढवागाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगी, प्रशासन प्रमुख पुनाराम शर्मा, वडा नम्बर – ६ का अध्यक्ष बिर बहादुर आले मगर,नेपाल रेड्क्रस सोसाइटी गढवा उपशाखाका सभापति दयाराम यादव, विपद बिज्ञ मोहन कुमार पाण्डे,गैरसरकारी महासंघका उमाकान्त पन्त लगायतले बोल्नु भएको थियो भने नेकपा एमालेका मधा न्यौपाने, एकीकृत समाजवादीका कालीराम चौधरी, राष्ट्रिय जनमोर्चाका कपिलदेव खनाल,सामाजिक विकास शाखाका कैलाशचन्द्र चौधरी, वडा नम्बर – ४का वडाध्यक्ष हरिभगत चौधरी, वडा नम्बर – ७का वडाध्यक्ष राहुलदेव चौधरी, ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख रञ्जु केसी, नेपाली काँग्रेस पुरन प्रसाद चौधरी, मुक्त कमलहरी संस्थाकी ज्ञानु चौधरी, निमा चौधरी लगायतकाकौ उपस्थित रहेको थियो। रेड्क्रस का सभापति दयाराम यादवले गढवागाउँपालिकाका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरीलाई बाढी आकस्मिक योजना – २०७९ र स्थानीय विपद पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ को किताब हस्तान्तरण गर्नु भएको थियो।

कार्यक्रममाको सञ्चालन देवी प्याकुरेल ले गर्नु भएको थियो।

मा प्रकाशित