बाँके साक्षर जिल्ला घोषणा

गणतन्त्र नेपाल समाचारदाता

बाँकेलाई साक्षर जिल्ला घोषणा गरिएको छ। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका हुन्।

साक्षर घोषणा भएकाहरूमध्ये देशभरमा बाँके ६१ औँ जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा ११ औँ नम्बरमा पर्दछ। साक्षर जिल्ला घोषणा गर्दै मन्त्री अथकले जिल्लाको साक्षरता प्रतिशत ९६.५६ रहेको बताए।

बाँकेलाई साक्षर जिल्लाका रूपमा घोषणा गर्न पाउँदा धेरै खुसी लागेको भन्दै मन्त्री अथकले जिल्लालाई पूर्ण साक्षर बनाउन सबै लाग्नुपर्ने बताए। उनले भने, ‘बाँकेलाई पूर्ण साक्षर जिल्ला घोषणा गर्न बाँकी छ।

अझै ३.४४ प्रतिशत साक्षर हुन बाँकी छन्, त्यसैले सम्बन्धित सबैलाई पूर्ण साक्षर अभियानमा लाग्न आग्रह गर्दछु।’ उनले जिल्लालाई पूर्ण साक्षर बनाउन सबै पालिकाहरूले आवश्यक बजेट विनियोजन गरी साक्षरता अभियान संचालन गर्नुपर्नेमा समेत जोड दिए।

बाँकेका ८ वटै पालिकालाई साक्षर घोषणा गरिएसँगै जिल्लालाई साक्षर घोषणा गरिएको हो। शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख रामसुरेश यादवका अनुसार कोहलपुर नगरपालिका ९६.४२ प्रतिशतसहित जिल्लाको पहिलो साक्षर पालिका घोषणा भएको थियो। २०७६ सालमै साक्षर घोषणा भएको कोहलपुरले पुरस्कार स्वरुप ५० लाख रुपैयाँ प्राप्त गरेको थियो।

त्यसैगरी, खजुराले ९६.९९ प्रतिशत, जानकीले ९८.६७ प्रतिशत, राप्तीसोनारीले ९५.११ प्रतिशत, नरैनापुरले ९६.१९, बैजनाथले ९७.५ प्रतिशत, नेपालगञ्जले ९८.३९ प्रतिशत र डुडुवाले ९६.२५ प्रतिशत प्राप्त गर्दै साक्षर पालिका घोषणा भएका थिए। विभिन्न १२ वटा सूचकका आधारमा बाँकेका ८ वटा पालिकालाई साक्षर घोषणा गरिएको थियो।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID