दृष्टिदोष न्यूनिकरणका लागी नि-शूल्क चस्मा वितरण कार्यक्रममा गढवामा सम्पन्न

आलोक भावुक

गढवागाउँपालिकामा दृष्टिदोष न्यूनिकरणका लागी नि-शूल्क चस्मा वितरण कार्यक्रममा आज गढवामा सम्पन्न भएको छ।

नेपाल नेत्र ज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत सञ्चालित लमही आँखा अस्पतालले Helping Hands Health And Education International द्वारा सहयोगार्थ प्राप्त गरेको ४० वर्ष नाघेका गढवागाउँपालिकाका जनप्रतिनिधिहरु तथा कर्मचारीहरु लाई कार्यलयको कामकाज गर्दा दृष्टि सम्बन्धी आउने समस्या लाई मध्यनजर गर्दै त्यसलाई न्यूनिकरणका लागी नि-शूल्क चस्मा वितरण गरिएको नेपाल नेत्र ज्योति संघ दाङका उपाध्यक्ष रेशम बहादुर खड्काले जानकारी दिनु भयो।

नेपाल नेत्र ज्योति संघ दाङका उपाध्यक्ष रेशम बहादुर खड्का सभापतित्व तथा गढवा गाउँपालिकाका उप-प्रमुख शारदा चौधरी को प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा गढवा गाउँपालिकाका प्रशासकिय प्रमुख लाल बहादुर योगी, नेपाल नेत्र ज्योति संघ दाङका सहसचिव घनश्याम सुबेदी, मिना थापा लगायतका ले बोल्नु भएको थियो।

आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत सञ्चालित लमही आँखा अस्पतालका प्रमुख पशासक शमशेर थापाले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो। लमही आँखा अस्पतालका नेत्र सहायक बिमल घिमिरेले आँखा जाच्दै आवश्यकता अनुसार चस्मा प्रदान गर्नु भएको हो। कृष्ण ओलीले सञ्चालन गर्नु भएको सो कार्यक्रममा ९८ जनालाई नि-शूल्क चस्मा वितरण गरिएको मिना थापा मगर ले जानकारी दिनु भएको छ।

22   

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID